उदयपुरमा आजदेखि निषेधाज्ञा जारी

118

काठमाडौं ।  दोस्रो चरणको कोरोना संक्रमण तीव्ररूपमा फैलिँदै गएपछि उदयपुर जिल्ला प्रशासनले आज (शुक्रबार)देखि वैशाख मसान्तसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ। संक्रमण बढ्दै गएकाले जिल्लावासीको हितलाई ध्यानमा राखी निषेधाज्ञा जारी गरेको प्रशासनद्वारा जारी पत्रमा उल्लेख छ। जिल्ला प्रशासन कार्यालयका अनुसार निषेधाज्ञा जारी भएपछि प्रत्येक दिन बिहान ६ देखि १० बजेसम्म मात्र निश्चित दैनिक उपभोग्य वस्तुको पसल खुल्ने र बाँकी समय सबै पसल बन्द हुनेछ।

एम्बुलेन्स, प्रहरी, सुरक्षाकर्मीको सवारी साधनबाहेक अन्य सबै सम्पूर्ण सवारी साधनसमेत सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईँले जनाए। पत्रकार तथा सञ्चारकर्मी भने सूचना विभागको परिचयपत्र वा सम्बन्धित मिडिया हाउसको परिचयपत्र लिएर समाचार संकलनमा निस्कन सक्नेछन्।

बिहीबार प्रजिअसहित सुरक्षा प्रमुख, राजनीतिक दल, स्थानीय पालिकाका जनप्रतिनिधिको संयुक्त बैठकले निषेधाज्ञाको निर्णय गरेको हो। योसँगै देशभर आंशिक तथा पूर्ण गरी ५७ जिल्लामा निशेधाज्ञा जारी भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here