अव पीसीआर परीक्षण घरमै बसी गर्न सकिने

143

काठमाडौंं । राइड सेयरिङ एप साथीले कोभिड–१९ को पीसीआर परीक्षण घरमै बसी गर्न सकिने सेवा सुरु गरेको छ ।

साे एपले भाइरसको शंका भएका व्यक्तिका लागि घरमै बसी पीसीआर परीक्षण गर्न सकिने सेवा ल्याएको जनाएको छ । साथै एपले अस्पताल र प्रयोगशालाहरुसँग सहकार्य गरी सर्वसाधारणलाई सुरक्षित सुविधा उपलब्ध गराउन घरबाट पीसीआर स्वाब संकलन गर्न सघाउने जनाएको छ ।

अहिले काठमाडौं उपत्यकामा मात्रै यो सेवा सुरु गरिएको कम्पनीका बजार व्यवस्थापन प्रमुख इन्जोल श्रेष्ठको धारणा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here