काठमाडौं । स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले सबै अस्पताल र अक्सिजन उत्पादकलाई व्यवस्थापन कोभिड-१९ संकट सञ्चालन व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्देशनअनुसार मात्र अक्सिजन बिक्री र वितरण गर्न निर्देशन दिएको छ। केन्द्रले सोमबार एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।
‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा आधारित रही देशभरका अस्पतालहरुमा अक्सिजनको आवश्यकतामा आधारित वितरण व्यवस्थापन कोभिड-१९ संकट सञ्चालन व्यवस्थापन केन्द्र (सिसिएमसी) बाट गर्ने व्यवस्था मिलाउने भनी २०७८/१/२६ मा निर्णय भएको हुँदा सम्बन्धित सबैमा सो अनुसार गर्नू/गराउनू हुन जानकारी गराइन्छ,’सूचनामा भनिएको छ।



















