बेठीकको विरोध गर्नु सत्य र न्यायका पक्षधरको धर्म : बाबुराम भट्टराई

237

काठमाडौंपूर्व प्रधानमन्त्री तथा समाजबादी दलका नेता डा. बाबुराम भट्टराईले प्रतिनिधि सभा बैठक बस्नु अघि कडा टिप्पणी गरेका छन् । उनले तटस्थ बस्न चाहने आफ्नै पार्टी समाजबादी दलका सांसद तथा अन्य दलका सांसदहरुप्रति लक्षित यस्तो ट्वीट गरेका हुन् ।

उनले भनेका छन्, ठीक र बेठीक वीचको संघर्षमा तटस्थ बस्नु भनेको परोक्ष रूपमा बेठीकको समर्थन गर्नु वा ठीकको पक्षमा उभिन नसक्ने कायरता प्रदर्शन गर्नु हो।

दलहरुबीच आन्तरिक टक्कर चलिरहँदा उनले यस्तो बताएका ह्न । आजै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विस्वासको मत लिदैछन् । पक्ष विपक्षमा विभिन्न दलहरु बाँडिएका छन् ।

ओलीले प्रतिनिघि सभाको विघटन गरेदेखि नै कडा विरोध गर्दै आइरहेका पूर्वप्रधानमन्त्री भट्टराई कहिले बेठीकहरू वीचमा नै संघर्ष पर्दा बढी बेठीकको विरोध गर्नु सत्य र न्यायका पक्षधरको धर्म हो भनेका  छन् । उनले अहिले ओलीप्रवृत्ति बेठीकमध्ये बढी बेठीक भएकोले विरोध गर्नै पर्ने जिकिर गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here