मन्त्रालय जनतालाई सहजीकरण गर्ने निकाय हुनुपर्ने अर्थमन्त्रीकाे तर्क

222

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयको पुनःसंरचना गरेर अगाडि बढ्ने जनाएका छन्। मन्त्रालय आफ्नै संरचनाभित्र जेलिएका कारण त्यसलाई पुनःसंरचना गरेर अगाडि बढ्ने मन्त्री शर्माको भनाइ छ।

शुक्रबार अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारी तथा पूर्व पदाधिकारीहरुसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री शर्माले भने,  ‘मन्त्रालय भनेको जनतालाई सहजीकरण गर्ने निकाय जस्तो हुनुपर्नेमा आफ्नै संरचनाहरुमा जेलिएको अवस्थामा छ। यस्तो अवस्थामा मन्त्रालय भित्रै पुनर्संरचना गरेर अघि बढनुपर्नेछ।’

अर्थमन्त्री शर्माले मन्त्रालयका सबै कामलाई पारदर्शी ढंगले अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गरे।

शर्माले संसदमा टेवुल गरिएको बजेटसम्बन्धी अध्यादेश टुंगो नलागेसम्म अर्थ मन्त्रालयको कामले गति लिन नसक्ने पनि बताए।  संसदले आर्थिक अध्यादेशलाई टुंगोमा लगाएपछि मात्रै अर्थ मन्त्रालयको कामलाई प्रभावकारी ढंगले अघि बढाउन सकिने मन्त्री शर्माको भनाइ छ।

‘संसदमा मैले अध्यादेश टेवुल गरिसकेको छु। संसदले एक ढंगले त्यो टुंगो लगाउला। त्यो टुंगिएपछि मात्र अर्थ मन्त्रालय प्रभावकारी रुपमा अघि बढन सक्ने अवस्था आउनेछ,’ उनले भने।

मन्त्री शर्माले कोरोना भाइरसको महामारीका कारण  व्यवसायहरु धरासायी अवस्थामा रहेको उल्लेख गर्दै  त्यसका जटिलताहरुलाई हटाएर अघि बढनुपर्ने अवस्था रहेको जनाए ।

वित्तीय तथा आर्थिक अनुशासनको संकट हल गर्नुपर्ने, नीति निर्माणको तहमा उठेका प्रश्नहरुको जवाफ दिनुपर्ने चुनौती आफूमाझ रहेको पनि मन्त्री शर्माले स्पष्ट पारे।

अर्थमन्त्री शर्माले बजेट हुने योजना नहुने, योजना हुने बजेट नहुने अवस्था अन्त्य गर्नुपर्नेमा पनि आफू सचेत रहेको बताए। मुलुकको अर्थतन्त्रको यथार्थता चित्रण आम नेपाली जनतालाई जानकारी गराउने पनि शर्माले दोहो¥याए। कार्यक्रममा सेजनका पदाधिकारीहरुले कोरोनाका कारण थिलथिलो बन्न पुगेको अर्थतन्त्रलाई पुनर्जीवन दिने कामका पहल गर्न मन्त्री शर्मालाई सुझाव दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here