काठमाडाैं/नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाएका छन्। सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्रीले विश्वासको मत मागिसकेपछि सम्बोधन गर्दै उनले ओलीलाई राजीनामा दिन आग्रह गरेका हुन्।
प्रतिनिधि सभा पुन:स्थापना भएपछि पनि आफूले त्यही सुझाव दिएको र अहिले पनि यही सुझाव दिएको उनले जनाए। उनले प्रधानमन्त्रीले विश्वासको मत नपाउने थाहा हुदाँहुँदै सदनमा प्रस्ताव राखेको प्रचण्डको टिप्पणी छ।
उनले संविधान निर्माणको समयलाई सम्झँदै स्थायित्व बनाउन खोजेको तर, फेरि अस्थिरतातर्फ गएको चिन्ता व्यक्त गरे। विगतको गलत परम्परा र विसंगति दोहोरिन नदिनका लागि यो व्यवस्था राखेको तर, फेरि विश्वासको मत, सांसदहरूको किनबेचको अवस्था सिर्जना भएको जनाए।


















