यस कारण रामेछापमा भूकम्पपीडितले अनुदान पाउन सकेनन्

60

रामेछाप  । घर बनाएको एक वर्ष बितिसक्दा पनि रामेछापका भूकम्पपीडितले अनुदानको रकम पाउन सकेका छैनन् । जिल्लाबाट माग गरिएको रकम राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रले निकासा नदिएकाले घर बनाइसकेकाहरू अनुदानबाट वञ्चित भएकाे छ ।

‘फागुनमै आएका फाइलको पैसा नभएर अनुदान बाँड्न सकेका छैनौं,’ प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार० का प्रमुख सन्तोषप्रसाद दाहालले जनाएका छन् ।

उनका अनुसार लाभग्राहीलाई अनुदान दिन प्राधिकरणसँग ६० करोड माग गरिएको छ । तर झन्डै ३ महिना हुनैलाग्दा पनि निकासा भएको छैन । ‘लाभग्राही दिनहुँ कार्यालय आएर अनुदानका लागि कराउन थालेका छन्,’ दाहालले भने, ‘पैसा नभएर उहाँहरूको खातामा पठाउन पाएका छैनौं ।’

इकाइ भवनबाट सबै प्रक्रिया पूरा गरी अनुदानका लागि पुगेका सेवाग्राहीका झन्डै २ हजार ५ सय फाइल रोकिएका हुन् । तीमध्ये दोस्रो किस्ताका लागि ८ सय ५० जना लाभग्राहीलाई १२ करोड ७५ लाख र १ हजार ५ सय ८७ लाभग्राहीलाई १५ करोड ८७ लाख रुपैयाँ अनुदान उपलब्ध गराउन बाँकी रहेको प्राधिकरणकी सविता कार्कीले जनाइन् ।

इकाइ भवनका फोकल इन्जिनियर किशोरविक्रम शाहीले प्राविधिकले निरीक्षण सकेको महिनौंसम्म अनुदान नआउँदा त्यसको असर फिल्डमा काम गर्ने प्राविधिकलाई समेत पर्न थालेको गुनासो गरे । ‘सबै मापदण्ड पूरा गरेर घर निर्माण गर्नेले प्राविधिकले निरीक्षण गरेको केही दिनमै अनुदान खोज्छन्,’ शाहीका अनुसार, ‘फाइल जिल्लामा आइपुगे पनि अनुदान नआउँदा प्राविधिकले नै त्यसको अपजस खानुपरेको छ ।’

‘घर बनाएको एक वर्ष बित्यो, अनुदानका लागि पाँच पटक सदरमुकाम पुगें तर पैसा आएको छैन भन्दै फर्काउने काम भयो,’ बेथानका लालबहादुर लामाले भने, ‘कहिले पैसा पाइएला र घर बनाउँदाको ऋण तिर्नु रु’ भूकम्पपीडितले घर निर्माण सकेपछि प्राविधिक निरीक्षण, नापजाँच, वडाले प्रतिवेदन तयार गरी जिल्लामा फाइल पठाएर पास भएपछि मात्र अनुदान पाइन्छ । लामो प्रक्रिया पार गरेर फाइल स्विकृत भइसक्दा पनि पीडितहरूले अनुदान नपाएका हुन् । कान्तिपुरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here