उपत्यकाका वीर, पाटन, टिचिङ कोभिड अस्पतालमा रुपान्तरण

84

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानीका मुख्य तीन ठूला अस्पताल टिचिङ, वीर र पाटनलाई पूरै कोभिड अस्पतालका रूपमा प्रयोग गरिने जनाएको छ ।

मंगलबार साँझ आयोजित भर्चुअल कार्यक्रममा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले राजधानीमा थप ५ सय हाइडिपेन्डेन्सी युनिट थप गर्ने, काठमाडौंका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र निजी अस्पतालको ७५ प्रतिशत बेड कोभिड उपचारका लागि प्रयोग गर्ने निर्णय भएको बताउनुभएकाे हाे।

अहिले दैनिक १५ हजार अक्सिजन सिलिन्डर माग भएकोमा १० हजार मात्र आपूर्ति भएकाले थप सिलिन्डर खरिदका लागि प्रक्रिया अघि बढेको उहाँले जानकारी दिनुभयाे। स्वास्थ्य सामग्री खरिदका लागि १४ अर्ब बजेट सुनिश्चित भइसकेको उहाँले भन्नुभयाे ।

सोही कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले अहिलको भन्दा नयाँ कडा कदमले मात्र कोरोना नियन्त्रण गर्न सम्भव भएको बताउनुभयाे । पूर्ण लकडाउन र स्वास्थ्य संकटकाल रोज्नुपर्ने आवश्यकता रहेको उहाँकाे भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here