रातो मच्छिन्द्रनाथको रथयात्रा प्रतीकात्मक रुपमा तानिने

195

काठमाडौं । तिब्ररूपमा कोरोना भाइरसकाे  महामारीका कारण यो वर्ष रातो मच्छिन्द्रनाथको रथयात्रा प्रतीकात्मक रुपमा तानिने भएको छ ।

बुधबार बसेको सरोकारवालाको बैठकले कोरोना महामारीलाई मध्यनजर राख्दै न्यून संख्यामा उपस्थित भएर स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर प्रतीकात्मक रुपमा रथ तान्ने निर्णय भएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जनाएका छन् ।

बस्नेतका अनुसार कोभिड–१९ संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर राखी यस पटकलाई रथारोहण भएको चौथो दिन अर्थात जेठ १ गते प्रतीकात्मक रुपमा रथ तानेर रथयात्रा सम्पन्न गरिने छ ।

जिल्ला सुरक्षा समितिको बैठकले जनस्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना गरी सुरक्षा घेराभित्र रथयात्रालाई अनुशासित र मर्यादित रुपमा सम्पन्न गर्न सबै सुरक्षा निकायहरुले समन्वयात्मक कार्य गर्ने निर्णय भएको उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here