राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको पूर्ण अवमूल्यन

62

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको पूर्ण अवमूल्यन भएको  जनाएका छन्।

संसद विघटनपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै राणाले यस्तो टिप्पणी गरेका हुन्। ‘प्रजातन्त्रमा चुनाव अपरिहार्य अभ्यास हो यद्यपी संविधानको धज्जी उडाएर, चुनावको नाममा महामारी र आर्थिक संकटबीच जनताको ज्यान चरम जोखिममा धकेल्नु बहुलठ्ठिपन हो । उनले लेखेका छन्, ‘कसैको कुर्सी जोगाउन नेपाली जनताको रोग, भोक शोकमा आँखा चिम्लिनु अमानवीयताको पराकाष्ठा हो।

यसले दलभन्दा माथि रहने राष्ट्रप्रमुख निष्पक्ष अभिभावकको रुपमा राजसंस्थाको अपरिहार्यता  पुनः पुष्टि गरेको उनले दाबी गरेका छन्।  विश्वका सफल प्रजातान्त्रिक अभ्यास अनुकूल राजासहितको प्रजातन्त्र अनुसरण गरेर गल्ती सच्याउनुको विकल्प छैन, उनले लेखेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here