जङ्गली हात्तीको आक्रमणबाट आमा छाेरीकाे ज्यान गयाे

68

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट आमा छाेरीकाे ज्यान गएको छ । निकुञ्जभित्रबाट गाउँ पसेको हात्तीको आक्रमणबाट गेरुवा गाउँपालिका–१ सरखुल खपतपुरकी ३७ वर्षकी चन्द्रा विकको ज्यान गएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जनायाे ।

मृतक चन्द्राकी छाेरी दीपिका गम्भीर घाइते भएपछि उपचारका लागि नेपालगञ्ज शिक्षण अस्पताल काेहलपुर लगिएकोमा बिहान उपचारका क्रममै ज्यान गएकाे निकुञ्जका सहायक संरक्षण अधिकृत थापाले बताउनुभयाे । घरबाहिर आँगनमा सुतिरहेका बेला चन्द्रा र उनकी तीन वर्षकी छोरी दीपिकालाई गयराति हात्तीले आक्रमण गरेको निकुञ्जले जनाएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठसहितको टोली आज घटनास्थल पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here