काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसिरहेको छ । वैठक निषेधाज्ञा थप गर्ने र अबको निषेधाज्ञा अहिलेको भन्दा कडाइ गर्ने विषयमा छलफल भइरहेको भक्तपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
पछिल्लो समय कोरोनाको सङ्क्रमणको दर अपेक्षित रुपमा नघटेपछि जारी निषेधाज्ञालाई कडाइ गर्न लागिएको हो ।निषेधाज्ञामा सरकारले जारी गरेको कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेशमा गरिएका व्यवस्थालाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

















