आर्थिक वर्षको बजेट मन्त्रिपरिषद्ले स्वीकृत

184

काठमाडाैं । आज घोषणा हुन थालेको आर्थिक वर्ष २०७८/७९ को बजेट मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बजेट स्वीकृत गरेर राष्ट्रपतिसमक्ष पठाएको छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि दिउँसो चार बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८/७९ को लागि बजेट सार्वजनिक गर्दैछ ।

संसदका दुवै सदनमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here