मदनकृष्ण श्रेष्ठको स्वरमा देश भक्ती ”मतिनाया खँ” म्यूजिमक भिडियाे सार्वजनिक

93

काठमाडौं । आफू जन्मेको देश र मातृभाषाको माया कसलाई हुन्न र ? संसारमा अनेकौं देशहरू रहेका छन् । आ-आफ्नो देशको माया सबैलाई प्यारो हुन्छ । वरिष्ठ कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठको स्वरमा साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा ”मतिनाया खँ” नेपालभाषा गीति एल्बमभित्र सङ्ग्रहित रहेको   एउटा   उत्कृष्ट गीतहरू मध्ये परेकाे छ । राष्ट्रिय  जागरण भएकाे  देश भक्ति भावना भएकाे गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । साे सार्वजनिक नेपाल भाषाको गीत रामकृष्ण जुजुको प्रस्तुतिमा रहेको छ । देशको माया अनि देशलाई प्राणभन्दा प्यारो, नेपाल आमाको सन्तान भएर मुटुभित्र नेपाल राखेर बाँच्न पाउँ अनि देशको निमित्त प्राण पनि दिन सक्छु । गीतले नेपाली भै जीउनु सारा नेपालीको सान हो भन्ने सन्देश दिएका छन् ।

चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीत अनि बुद्ध सायमीको एरेन्जरमा अडियो नेपालमा रेकर्डिङ भएको थियो । सार्वजनिक भिडियोमा कलाकारहरू गायक मदनकृष्ण श्रेष्ठ, रामकृष्ण जुजु र अन्य कलाकारहरू हसना महर्जन, रुक्सना महर्जन, रितिना महर्जन, इशु महर्जन आदिको अभिनय रहेको छ । कुमारी नृत्य मैयाँ महर्जन र लाखे नृत्य सुजन बज्राचार्यको उत्कृष्ट अभिनय रहेको छ । गीतको भिडियो इडिटिङ्ग र छायांकन अमर चित्रकारले गरेको छ भने सुरेन्द्र तुलाधरबाट भिडियो निर्देशन गरिएको छ ।
https://youtu.be/pfuYuY0LkAM

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here