नागरिकता अध्यादेशविरुद्ध दायर ६ वटा रिटमाथि बहस ‘हेर्दाहेर्दैमा’

119

काठमाडौं । सरकारले जारी गरेको नागरिकता अध्यादेशविरुद्ध दायर ६ वटा रिटमाथि शुक्रबार बहस नसकिएकाले ‘हेर्दाहेर्दैमा’ राखिएको छ। रिटको सुनुवाइ जेठ २७ मा हुने गरी हेर्दाहेर्दैमा राखिएको हो।

गत जेठ ९ मा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नागरिकसम्बन्धी अध्यादेशविरुद्ध परेका रिटमाथि शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले ती रिटमाथि सुनुवाइ गर्न आफूसहित वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन्।

इजलासमा प्रधानन्यायाधीश जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन्। वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, अधिवक्ता विष्णुकुमारी गिरी, अधिवक्ता रामबहादुर शाही, अधिवक्ता कुलबहादुर बोगटी, अधिवक्ता वीरभद्र जोशी तथा मौलिक जरोकिलो पार्टीको तर्फबाट रिट दायर गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here