कोरोनाको नाममा अवैध कारोवार, सरकारबाटै प्रतिबन्धित खोपको ब्यापार ! जनता सचेत बनौं !!

99

– राज्यलक्ष्मी शाक्य

बिश्व स्वास्थ्य संगठनले कोरोनाको खोपका लागि उपयुक्त नभएको भनेर प्रतिवन्ध नै लगाएको रेम्डेसिभर  नाम गरेको खोप नेपालले बिभिन्न देशहरुबाट खरिद गरेर ल्याईएको छ । यो खोप नेपाली जनतालाई धमाधम लगाउन बाध्य बनाईदै छ । सरकारको यो भन्दा नालायकीपन के हुन सक्छ ? यता देशभित्रै औषधि भन्दै अवैध रुपमा गुणस्तरहिन पातपतिङ्गर पिसेर बनाइएको पाउडर चर्को मुल्य लिएर विक्रि गर्दै आएको पुनर्जीवन स्वास्थ्य क्लिनिकले उत्पादन गरेको औषधि खान अयोग्य रहेको भनेर पनि चर्चामा सुनिएको छ ।

आफुलाई स्वघोषित आर्युवेदिक अनुसन्धानकर्ता बताउने लक्ष्मी ओलीले ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं. ५ इमाडोलस्थित पुनर्जीवन स्वास्थ्य क्लिनिकबाट आफुखुसी पातपतिङ्गर बटुलेर बनाइएको उक्त औषधि सरकारको कुनैपनि निकायबाट स्वीकृति नलिएको र सो औषधि सेवन गर्दा स्वास्थ्यमा गम्भिर असर हुने समेत दाबी गरिएको छ ।

‘कोरोना भाईरसको विरामी ३ दिनमा च्याटै’ निको पार्छु भन्दै सामाजिक संजालमा भ्रमात्मक विज्ञापन गरी ठगी धन्दा संचालन गर्दै आएका ओलीले कोरोना निको हुने औषधी भन्दै पुनर्जीवन आयुर्वेद चूर्ण, पुनर्जीवन स्वास्थ्य क्लिनिक नाम उल्लेख भएको तरल पदार्थ र नाम नखुलेको तरल पदार्थ भरेको एकाएक सिसि बजार पठाई ठगी धन्दा संचालन गर्दे आएको पाइएको छ ।

विद्यमान स्वास्थ्य ऐन अनुसार कुनैपनि स्वास्थ्य सामाग्री उत्पादन, औषधि, फार्मेसी पसल लगायतका काम गर्नलाई अनिवार्य रुपमा सम्बन्धित निकायमा आफ्नो योग्यताको सक्कल प्रमाणपत्रसहित दर्ता गर्न जानुपर्छ, तर सो क्लिनिकले रजिष्टर्ड कार्यालयमा दर्ता गरेको भेटिएन । कतै दर्ता नगरी आफुखुसी होमियोप्याथिक र आयुर्वेदिक पद्तीबाट उत्पादन गरेको औषधि भन्दै लामो समयदेखि बेच्दै आएको भेटिएको छ । सो क्लिनिकका मालिक ओलीले आफ्नो अवैध धन्दा चलाउनको लागि उनका सहोदर दाजु डा. खगेन्द्र ओलीको नाम भजाउँदै हिड्ने गरेका छन् । कोही कसैले दर्ता र योग्यताको प्रमाणपत्र खोजी गरेमा उनकै दाजु डा. खगेन्द्रको नाम देखाउँदै पछिल्लो समय भएको कोरोनाको महामारीबाट ‘तिन दिनमा च्वाटै’ पार्दिन्छु भन्दै भ्रामक अफवाह फैलाउँदै, कतैबाट पनि प्रमाणित नभएको औषधि घरघरमै पुर्याउँदै चर्को मुल्यमा विक्रि गर्दै आएका छन् ।

विद्यमान स्वास्थ्य ऐन अनुसार कोही कसैले फार्मेसी पसल राख्नलाई पनि डाक्टरलाई कर्मचारीको रुपमा नियुक्त गर्नु पर्ने प्रावधान छ । तर ओलीले आफुलाई नै डाक्टर भएको जस्तो गरि भ्रमात्मक प्रचार गर्दे आएका छन् । उनले होमियोप्याथिक र आर्युरवेद दुवै औषधि एकै ठाउँबाट बेच्दै आएका छन् ।

ओलीले होमियोप्याथिक र आयुर्वेदिक विषयमा कुनै औपचारिक अध्ययन गरेका छैनन् । तरपनि उनी अखिल नेपाल होमियोप्याथिक एसोसिएसनको पूर्व उपाध्यक्ष समेत रहेको भन्दै आएका छन् । यस सम्बन्धमा सो एसोशियसनमा सम्पर्क गर्दा उनी साधारण सदस्य मात्र रहेको जानकारी प्राप्त भएको छ । एसोशियसनका महासचिव डा. रामहरि श्रेष्ठले भने – ‘ओलीले होमियोप्याथिक र आर्युवेदिक दूवै औषधिको कारोवार गरे, एकैठाउँबाट दुई कारोबार गर्न पाईदैन्, हामिले पटक–पटक एउटा मात्र रोज्न उहाँलाई आग्रह गर्दै आएका छौं । हामिले कुनैपनि व्यवसाय नगर भन्न पाईदैन, तर उहाँले हामीले भनेको मानिरहनु भएको छैन ।’

दुई हजार पाँच सय रुपैयाँमा चर्को शुल्क लिएर विक्रि गर्दै ठगी धन्दा संचालन गर्दै आएका ओलीले औषधि वितरण गर्दा कसैको ज्यान तलमाथि भए आफू फस्ने डरले आधिकारिक बिल समेत नदिने गरेको पाइएको छ । यसै विषयमा क्लिनिकको आधिकारीक भनाई सहित स्वीकृत पत्र बारे जिज्ञासा राख्दा आफू कर्मचारी भएको र नाम नबताउने भन्दै एक पीडित महिलाले भनिन् – ‘बिल छाप्न नभ्याएर बिना बिल कारोबार गरेको हो रे ।’

सरकारले गरिरहेको रेम्डेसिभरको खोपको ब्यापार र ओलीले गरिरहेको कथित आयुर्वेदिक उपचार समान प्रकृतिका ठगि धन्दा हुन् र जनताको जीवनमाथि खेलवाड भैरहेको छ , जनता आफै सचेत बन्नु जरुरी छ ।जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here