अमेरिकामा कोरोना खोप लगाउनेलाई गाँजा उपहार

205

एजेन्सी ।  अमेरिकामा कोरोना विरुद्धको खोप लगाउनेलाई खोप लगाउन वित्तिकै एकखिल्ली गाँजा उपहार दिने कार्यक्रम सार्वजनिक गरिएको छ। सोमबार वासिङटन राज्यमा घोषणा भएको कार्यक्रमको नाम ‘जोइण्ट्स फर ज्याक‘ राखिएको छ। ‘जोइण्ट्स फर ज्याक’ अन्तरगत २१ वर्ष माथिका नागरिकलाई कोरोना विरुद्धको खोप लगाएपछि गाँजा भरेको एक खिल्ली चुरोट उपलब्ध गराइने छ। यो कार्यक्रमबाट त्यहाँका युवाहरुमा कोरोना खोप लगाउना उत्प्रेरणा जाग्ने आशा गरिएको छ।

यसरी खोप लगाउदा गाँजा खान पाइने कार्यक्रम आउने जुलाई १२ सम्म लागु हुनेछ। वासिङटन राज्यमा अहिलेसम्म ५९ प्रतिशत मानिसहरुले मात्र कोरोनाखोपको पहिलो डोज लगाएका छन् भने पूर्ण खोप लगाउनेहरु ४९ प्रतिशत रहेका छन्। यसअघि कोरोना खोप लगाउनेहरुलाई यस्ता बिभिन्न उपहार योजनाहरु अमेरिकाका अरु राज्यहरुले पनि ल्याएका थिए।

एरिजोना राज्यमा पनि कोरोना खोप लगाउँदा गाँजा दिने कार्यक्रम सुरु गरिएको थियो। केही राज्यले खोप लगाउनेलाई सित्तैमा बियर पिउन दिने, केहीले विश्वविद्यालयमा छात्रवृत्ती दिने गरेका छन् भने केहीले लाखौँ डलरको चिट्ठा समेत राखेका छन्। अमेरिकामा मानिसहरुलाई कोरोना खोप लगाउन उत्प्रेरित गर्न यस्ता अफरहरु ल्याउन राज्य सरकारहरुलाई केन्द्र सरकारले नै अनुमति दिएको छ। गत अप्रिलको आधा आधीदेखी अमेरिकामा मानिसहरुले कोरोना विरुद्धको खोप लगाउने क्रम घटेको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here