करेन्ट लागेर २ जनाको मृत्यु

297

काठमाडौं । झापाको छुट्टाछुट्टै २ स्थानमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ।

बिहीबार बेलुका साढे ३ बजे अर्जुनधारा नगरपालिका ३ बस्ने ८२ वर्षीया गलमाया खड्का आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भई उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोड लैजाँदा बाटैमा मृत्यु भएको झापा प्रहरीले जनाएको छ।

त्यस्तै बिहीबार बेलुका पौने ६ बजे कमल गाउपालिका ७ लालधोन्द्रा स्थित महेन्द्र धिमालको खेतमा पानी तान्न जडान गरिएको मोटर चलाउन गएका महेन्द्रका भान्जा मोरङ बेलबारी नगरपालिका ४ का १४ वर्षीय सन्देश धिमालको सोही मोटरबाट करेन्ट लागेर घाइते भएकोमा उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here