बेन्जामिन नेतान्याहु संसदमा जम्मा एक मतको अन्तरले हारेर प्रधानमन्त्री पदबाट मुक्त

165

एजेन्सी । जरायलमा १२ वर्ष शासन चलाएका बेन्जामिन नेतान्याहु संसदमा जम्मा एक मतको अन्तरले हारेर प्रधानमन्त्री पदबाट मुक्त भएका छन् ।

उनको स्थानमा दक्षिणपन्थी राष्ट्रवादी नेता नफ्टाली बेनेटले प्रधानमन्त्री पदको शपथ लिएका छन् । उनले परिवर्तनको सरकारको नेतृत्व गर्ने जनाएका छन् ।

नेतान्याहुले इजरायलको राजनीतिलाई लामो समयसम्म वशमा राखेकोमा अब उनी दक्षिणपन्थी लिकुड पार्टीका प्रमुद तथा संसदमा प्रमुख विपक्षी रहिरहनेछन् । नेसेट भनिने इजरायली संसदमा नेतान्याहुले सम्बोधन गर्दै आफूहरू छिट्टै सत्तामा फर्किने जनाएका छन् ।

सम्बोधन सकेपछि उनी प्रधानमन्त्री बस्ने कुुर्सीमा गएका थिए तर मर्यादापालकहरूले उनलाई विपक्षीको कुर्सीतर्फ डोहोर्‍याएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here