म्यान्मारमा दुई सय घर जलेर नष्ट, दुई वृद्धको डढेर मृत्यु

92

एजेन्सी । म्यान्मारका सेनाले किन मा क्षेत्रको एउटा गाउँमा आगो लगाइदिएका छन्।

बीबीसीका अनुसार सेनाले आगो लगाउँदा २ सयदेखि २४० घर जलेर नष्ट भएका छन्। सो क्रममा दुई वृद्ध भाग्न नसक्दा डढेर उनीहरुको मृत्यु भएको जनाइएको छ।

सैन्य शासनको विरुद्धमा रहेका केही संख्याका बन्दुकधारीसँग गोलाबारी भएपछि सेनाले रुष्ट हुँदै सो गाउँमा आगजनी गरेका हुन्।

म्यान्मारका लागि बेलायती राजदूत डान चुगले सेनाको यो दमनको घोर निन्दा गरेका छन्।

उनले फेसबुकमा भनेका छन्,‘जुन्ताले मागवेको एउटा गाउँ पुरै जलाएको खबर छ। वृद्ध मानिसको हत्या हुनुले सेनाले गम्भीर अपराध गरिरहेको पुष्टि हुन्छ।’

यस्ता कार्य म्यान्मार र त्यहाँको जनताको लागि फाइदाजनक नभएको उनको भनाइ छ।

गत फेब्रुअरी १ देखि म्यान्मारमा सैन्य शासन लागू भएको छ। लोकतान्त्रिक नेतृ आङ साङ सुचीको पार्टी एनएलडीले नोभेम्बरमा सम्पन्न चुनावमा धाँधली गरेर बहुमत ल्याएको आरोप लगाउँदै सेनाले सत्ता हत्याएको थियो।

यतिबेला सूची, राष्ट्रपति विन मिन्टसहित देशका शीर्ष नेताहरु नजरबन्दमा छन्। सुचीलाई जेल हाल्ने हेतुका साथ सेनाले विभिन्न आरोपहरु लगाएका छन्। त्यो मुद्दाहरुमा यतिबेला अदालतमा बहस भइरहेको छ।

Images obtained on social media show the fire in Kin Ma village(तस्बिर: रोयटर्स)

सेनाका अनुसार आरोपहरु पुष्टि भएमा सुची १५ वर्षसम्म जेल जान सक्छिन्। जनताकै हितको लागि र देशको प्रणाली व्यवस्थित बनाउँछौं भन्दै सेनाले सत्ता हातमा लिएका थिए।

तर यतिबेला सेनाले त्यहाँका जनतामाथि गोली हानिरहेका छन्, उनीहरुको घर जलाईरहेका छन्।

बीबीसीका अनुसार हालसम्म सैन्य शासनविरुद्ध प्रदर्शनमा उत्रिएका ८ सयभन्दा बढीको प्रहरी र सेनाको गोली लागेर ज्यान गइसकेको छ भने ५ सय गिरफ्तार भएका छन्।

Kin Ma village after the fire

(म्यान्मार प्रदर्शनका केही झलकहरु)

18 Killed In Myanmar On Bloodiest Day Of Protests Against Coup

Protester shot dead in Myanmar's capital Nay Pyi Taw - CGTN

Strike grips Myanmar as anti-coup protesters defy junta's lethal warning | The Japan Times

Myanmar junta leader promises free election as anti-coup protests swell

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here