पोखरीमा डुबेर एकको निधन

71

झापा । माछा मार्ने क्रममा पोखरीमा डुबेर बेपत्ता भएका अर्जुनधारा नगरपालिका–११ का ४० वर्षीय माइकल सोरेनको शव फेला परेको छ।

अर्जुनधारा नगरपालिकाका प्रमुख हरि रानाको घरमा कामदारका रुपमा बस्दै आएका सोरेन आइतबार माछापोखरीमा डुबेर बेपत्ता भएका थिए। उनको शव सोमबार भेटिएको हो।

नगरप्रमुखको घरदेखि २० मिटर पश्चिममा रहेको माछापोखरीमा माछा मार्ने क्रममा उनी बेपत्ता भएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरेको थियो।

उनको शव उद्धार टोलीले सोमबार बिहान मात्रै पोखरीमै फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता, राकेश थापाले बताए। सोरेनको शव परीक्षणका लागि मेची अस्पताल पठाइएको छ। उनी नगरप्रमुखको घरमा पाँच वर्षदेखि स-परिवार बस्दै बताएका थिए। उनका श्रीमती, एक छोरी र दुई छोरा छन्। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here