काठमाडाैं । नेपाल टेलिकमले प्रवाह गर्ने सबै किसिमका टेलिफोन सेवा अवरुद्ध भएको छ ।
टेलिकमले सञ्चालन गर्दै आएको ल्याण्डलाइन फोन, जीएसएम पोस्टपेड तथा प्रिपेड मोबाइल, हटलाइनलगायत सबै टेलिफोन सेवा बुधबार बिहानैदेखि अवरुद्ध भएको हो ।
एनटीसीको ल्याण्डलाइन तथा मोबाइल फोनमा सम्पर्कको प्रयास गर्दा नेटवर्कमा दर्ता नभएको ९नट रजिस्टर्ड अन नेटवर्क० नोटिफिकेसन दिइएको छ ।
सेवा अवरुद्ध भएपछि यसका लाखौं सेवाग्राहीले असुविधा झेलिरहेका छन् ।
केही घण्टादेखि सेवा अवरुद्ध भए पनि एनटीसीले यसको कारणबारे केही बताएको छैन । तर सबै अवरुद्ध भएकाले सेवामा गम्भीर समस्या उत्पन्न भएको देखिएको छ ।


















