पार्टी एकता अपरिहार्य

177

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टी एकता कायम गर्न २०७५ जेठ २ लाई ‘लेजिटिमेट बोर्डर लाइन’ र त्यसपछि भएका पार्टी गतिविधिको गम्भीर समीक्षा गरेर अगाडि बढ्नु अपरिहार्य रहेको बताएका छन् ।

उनले पार्टी एकताबाट मात्र बाँकी उपलब्धि हासिल गर्न सकिने हुनाले सबै नेता त्यसमा संवेदनशील हुनुपर्नेमा जोड दिएका छन्। पार्टी एकता अपरिहार्य रहेको र नेताहरूबीच नियमित छलफल, वार्ता भइरहेकाले छिट्टै केही न केही निष्कर्षमा पुगिने पोखरेलको भनाई रहेको छ।

एकता कायम गर्न सबै लाग्नुको विकल्प नरहेको उनले बताए । पार्टी एकताका लागि भावनात्मक कुरा गरेर मात्र पुग्दैन, ठोस कदम चाल्नुपर्ने कुरामा जोड दिँदै महासचिव पोखरेलले ‘विचारमा स्पष्टता र व्यवहारमा लचकता’ अनिवार्य रहेको जनाए ।

आफ्नै पार्टीका प्रधानमन्त्रीविरुद्ध विपक्षी गठबन्धनसँग मिलेर पार्टीभित्रका केही नेताले अक्षम्य अपराध गरिरहेको उनको टिप्पणी रहेको छ । गोरखापत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here