सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

133

काठमाडौं । कपिलवस्तुकाे कृष्णनगर नगरपालिका-२ स्थित सडकमा लु.१ ज ४०१४ नम्बरको भेनकोढोकाबाट लडेर दाङ राप्ती गाउँपालिका-२ लालमटिया बस्ने ७१ वर्षीय टेक प्रसाद बन्जाडेको मंगलबार दिउँसो मृत्यु भएको छ । भेनको ढोका अचानक खुल्दा ढोकाबाट लडेर गम्भीर घाइते भएका उनको स्थानिय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो ।

बाराकाे जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित सडकमा ना.१ ख ४६५३ नम्बरको टिपरले ना.२३ प ८४८३ नम्बरको मोटरसाइकललाई मंगलबार बेलुका ठक्कर दिंदा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका-२ बस्ने ३३ वर्षीय केशब पटेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको अल्पाईन अस्पताल सिमरामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार उनको श्रीमती २८ वर्षीया नितु पटेलको सोही अस्पतालमा उपचार भईरहेको छ । हाल फरार रहेका टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी बारा, जितपुरसिमरा उपमहानगरपालिका-७ शान्ति चोकस्थित सडकमा बाग्मती प्रदेश ३-०३-००१ ख ११२७ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने २२ वर्षीय राजन श्रेष्ठको मंगलबार बेलुका मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागी अल्पाईन अस्पताल सिमरातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार रहेका ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here