अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई वारेस राखेर मुद्दा लड्न पाउने

135

काठमाडौं । विशेष अदालत काठमाडौंले ललिता निवासको सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाएको अभियोग लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई वारेस राखेर मुद्दा लड्न पाउने अनुमति दिएको छ। न्यायाधीशहरू अब्दुल अजिज मुसलमान, शान्तिसिंह थापा, चन्द्रबहादुर सारुको इजलासले बस्न्यातले कसैलाई वारेस राखेर मुद्दा लड्ने अनुमति दिने मंगलबार आदेश गरेको हो।

अदालतमा विचाराधीन भ्रष्टाचार मुद्दामा बस्न्यातले आफ्नो एकजना प्रतिनिधि राखेर मुद्दा लड्न पाउनेछन्। विशेष अदालतले ललिता निवास जग्गा काण्डमा पुर्पक्षका लागि थुनामा पठाएको थियो। आफू बिरामी भएको र थुनामा राख्नु गलत भएको भन्दै त्यस विरुद्ध उनले सर्वोच्च अदालतमा निवेदन दर्ता दिएका थिए। निवेदन अनुसार गत वैशाख २५ मा सर्वोच्चले बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश गरेको थियो। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले विशेष अदालतको आदेश बेरीतको देखिएको भन्दै धरौटीमा छोड्न आदेश गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here