तीजको गीत ‘नक्कली कान्छी’ बजारमा

158

काठमाडाैं । गायिका सम्झना भण्डारी र गायक सचिन भट्टराईको स्वरमा तीजको गीत ‘नक्कली कान्छी’ बजारमा आएको छ । गीतको भिडियो सिद्धकाली डिजिटलले सार्वजनिक गरेको हो ।

हिन्दु नारीहरूको महान चाड हरितालिका तीजलाई लक्षित गरेर बजारमा ल्याइएको यो गीतमा निरोज भट्टको शब्द रहेको छ भने थेगो हरि डिसि र सुनिल छेत्रीको निर्देशन रहेको छ ।

गीतको भिडियोमा सुनिल क्षेत्री र गिता ढुङ्गानाको अभिनय रहेको छ । गीतमा सुनिल क्षेत्रीले युवतीको भूमिका निभाएका छन् भने गिता ढुङ्गानाले युवकको भूमिका निभाएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here