कोरोना भाइरसको डेल्टा भ्यारियन्ट दादुरासरी सर्ने

128

काठमाडौं । भारतमा पहिलो पटक देखापरेको कोरोनाभाइरसको डेल्टा भ्यारियन्ट दादुरासरी सर्ने गरेको र यो अन्य भ्यारियन्ट भन्दा गम्भीर हानि पु¥याउने खालको रहेको अमेरिकी स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले(सीडीसी)ले प्रकाशन नगरेको डेटाले जनाए अनुसार पूर्ण खोप लगाएका व्यक्तिहरूले डेल्टा भ्यारियन्ट सार्न सक्ने छ ।

यो समाचार पहिले वासिंटन पोस्टले बिहीबार सार्वजनिक गरेको थियो ।

सीडीसीका निर्देशक डा. रोचिली पी वालेन्स्कीले खोप लिएका व्यक्तिबाट सरेको डेल्टा भ्यारियन्टले खोप नलिएकाहरूको नाक र घाँटीमा सार्ने गरेको पाइएको जनाए ।

मर्स, सार्स, इबोला, सामान्य रुघाखोकी, मौसमी रुघाखोकी र दादुराजस्ता सरुवा रोग भन्दा धेरै द्रुतगतिमा डेल्टा भ्यारियन्ट सर्ने गरेको न्यूयोर्क टाइम्सले दस्तावेजको आधारमा जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here