काठमाडाैं । साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ। गत साताको अन्तिम कारोबार दिन ३ हजार ७९.८३ विन्दुमा बन्द भएको नेप्से आइतबार १।२५ अंकले बढेर ३ हजार ८१।०५ विन्दुमा पुगेर बन्द भएको छ।
आज कारोबारमा आएका २२६ कम्पनीको ३ करोड ३ लाख ४२ हजार कित्ता शेयर १२ अर्ब १० करोड ३८ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।
आज ६ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। जसमा सिनर्जी पावर डेभलपमेन्ट, कालिका पावर, युनिभर्सल पावर, ग्रीनलाइफ हाइड्रो, घलेम्दी हाइड्रोपावर र जीवन विकास लघुवित्तको शेयरमूल्य बढेको हो।
कारोबारमा आएका लक्ष्मी इक्विटी फण्डको मूल्य ६।९८ प्रतिशत घटेको छ। त्यसैगरी, चन्द्रागिरी हिल्स, नारायणी डेभलपमेन्ट बैंक, प्रभु इन्स्योरेन्स मूल्य घटेको छ।
कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ३६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, युनाइटेड मोदीको ३४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।


















