शेरबहादुर बिपीको मार्गदर्शन बिपरित चलिरहेका छन्

6

– दीर्घराज प्रसाई

वर्तमान संकटको कारक गिरिजाप्रसाद र शेरबहादुर देउवा हुन् ! गिरिजा नेपालको अस्तित्व नैं खतरामा पारेर मरेर गए, भने शेरबहादुर देउवाले गृहमंत्री हुँदा र पटक पटक प्रधानमंत्री बनेपछि र अहिले फेरि २०७८ साल असार २९ पछि शेरबहादुर प्रधानमंत्री भएपछि नेपालको अस्तित्व नैं खतरामा परेको छ ।

गिरिजाप्रसाद कोइराला २०४८ सालको आम निर्वाचनपछि प्रधानमंत्री बने। उनी प्रधानमंत्री भएपछि प्रारम्भमा बीपी कोइरालाको सिद्धान्तबाट प्रभावित भएको जस्ता देखाएता पनि  पछि, गिरिजाप्रसादले आफ्नो छुट्टै गिरोह बनाएर नेपालको प्रसासकीय व्यस्थालाई ध्वस्त गराए । देशभित्र भ्रष्टाचार, घोटालाले चरम सीमा नाघ्यो। कृष्णप्रसाद भट्टराई पछि गिरिजा नेपाली कांग्रेसको सभापति भएपछि नेपाली कांग्रेसलाई आफ्नो पेवा बनाए । विक्रम संवत् २०४८ साल जेष्ठमा प्रधानमंत्री बनेपछि गिरिजाप्रसादले भारतको भ्रमणपछि चीनको भ्रमण गरे। चीनको भ्रमणको बेला नेपाल–चीन संवन्धमा चिसोपन देखियो ।

गिरिजाप्रसाद कोइराला प्रधानमंत्री बनेका बेलामा देश चौतर्फी भ्रष्टाचार बढ्यो । सत्तासीन भएपछि छोरी सुजाताको नाममा अर्बौं सम्पत्ति जोडे। गिरिजा भारतको आडमा नायक बने। भन्सारमा ब्रम्हलुट मच्चाउन त्यस्तै कर्मचारी नियुक्त गरियो । प्रशासन सुधारको नाममा इमान्दार सक्षम कर्मचारीहरूलाई हटाएर पाँडे पजनी गरियो। चीनिया सहयोगबाट निर्माण गरिएका सबै नाफामा रहेका उद्योगहरू निजीकरणको नाममा अर्बाै कमिसन खाएर बद्नाम ब्यापारीहरूलाई उधारोमा बिक्री गराएर ब्रम्हलुट मच्चाउने काम गरे।  नाफामा रहेको शाही नेपाल वायुसेवा निगमलाई गिरिजाले धमिजा, बोइङ्ग काण्डको सुत्रपात गरेर देशको टाट पल्टाउने काम गरे। गिरिजा भारतपरस्तको रूपमा चिनए । उनका राम्रा सल्लाहकार भएनन् वा विदेशीले जे जे भन्छ त्यही गरे। नेपाली जनताको हितमा उनले एउटा पनि राम्रो कार्यक्रम लागु गर्न चाहेनन् ।

कृष्णप्रसाद भट्टराई पछि गिरिजाप्रसाद कोइराला कांग्रेसको महाधिवेसनबाट नेपाली कांग्रेसको सभापति बनेपछि कांग्रेस र देशको सम्पूर्ण बागडोर हातमा लिएर गिरिजाले नेपाली कांग्रेसलाई उनले आफूखुसी संचालन गरे। गणेशमान सिंह तथा कृष्णप्रसाद भट्टराईहरूको तेजोबध गरे। गणेशमान सिंह वाक्क भएर गिरिजालाई कुलंगार भन्थे। गिरिजाकै निरंकुश र भ्रष्ट व्यवहारले नेपाली कांग्रेसका प्रभावशाली यस्ता नेताहरू कांग्रेसबाट बाहिरिए ।

गिरिजाप्रसाद कांग्रेसको सभापति भएपछि उनको व्यवहारबाट नेपाली कांग्रेस वदनाम भयो। बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहका योगदानहरू बालुवामा पानी पोखेसरह बनाउन खोजे । गिरिजा पहिलो पटक प्रधानमंत्री र शेरबहादुर गृहमंत्री भएकोबेला कम्युनिष्ट सिध्याउन अनेकौं आतंक मच्चाउने काम गरे । नेपालमा अहिलेको अशान्ति, हत्या, लुट, बलात्कार, असुरक्षाको थालनी २०४९ सालदेखि प्रारम्भ भएको हो । माओवादी बिद्रोहका स्रस्टा गिरिजा नैं हुन् । २०४९ सालदेखि मसाल– कम्युनिष्टलाई समाप्त पार्ने नाममा हत्या, दमन, बलात्कार यति बढ्यो कि त्यसको सीमा नैं रहेन । त्यसको वदलामा माओवादीबाट दसौं हजार नरनारी, प्रहरी, सैनिकहरूको प्रयोजनहीन हत्या, अङ्गभङ्ग र अर्बौ भौतिक पुर्वाधारहरू नष्ट गरिए, जलाइए । पछि तिनै माओवादीहरू गिरिजासँग मिलेर भारतीय गुप्तचर संस्था रअको निर्देशनमा नेपालको अद्योगति गराउने संयन्त्रमा लागेको कुरा दिल्लीमा भएको १२ बुँदे सहमतिबाट छर्लङ्ग भयो ।

राजाले शासनभार ग्रहणगरेपछि राजाबाट गिरिजाप्रसादले प्रधानमंत्री नपाएपछि आक्रोशित भएर भारतीय गुप्तचर संस्था ।।।रअ’ को पासोमा परेर भारतमा आफैले आतंककारी भनिएका माओवादीसँग हात मिलाएर जनआन्दोलनमा नेता बने । २०६३ सालमा राजासँग संझौता भएपछि आन्दोलको नेताको हैसियतमा २०४७ सालको संविधान अनुसार प्रधानमंत्री नियुक्त भएर राजदरबारमा राजाबाट सपथग्रहण लिए । गिरिजाले सफथग्रहण गरेको एक महिना नपुग्दैमा त्यसलाई धोका दिएर २०४७ को संविधान कुल्चेर क्रमिक रूपमा माओवादीसँग मिलेर धर्मनिरपेक्ष, गणतन्त्र, संघीयता लागु गर्नमा प्रयत्नशील भए ।

अहिलेको नेपालको संकटको कारक गिरिजा नैं हुन्। उनी राष्ट्रघातका मतियार बने । २०५२ सालमा विघठित संसद सर्वोच्च अलालतबाट बहाली भएपछि शेरबहादुर देउवा देशको प्रधानमंत्री बने। शेरबहादुर पटक–पटक प्रधानमंत्री बने पनि विगतमा देशको हितमा कुनै राम्रो काम भएनन् । सांसदहरूलाई पेन्सन, १० गुणा भत्तावृद्धि र पजेरो, प्राडोको सुविधा दिलाएर संसदीय प्रजातन्त्रको नैं उपहास भयो। विवादास्पद महाकाली संन्धीमा निर्णायक बने । गिरिजाप्रसादका अनेकौं व्यवधानका कारणले वाक्क भएर नेपाली कांग्रेस संसदमा बहुमतमा हुँदाहुँदै शेरबहादुरले प्रनिनिधिसभा विघटन गरेर राजालाई शासनभार बुझाए ।

नेपाली कांग्रेस बहुमतमा रहेका बेला २०५८ सालमा संविधानको धारा १२७ प्रयोग गरेर श्री ५ ज्ञानेन्द्रमा सत्ता बुझाए । शेरबहादुर देउवा गृहमंत्री भएको बेलामा अमेरिकी राजदूत जुलियाँ चांगले अमेरिकामा भएकी  आर्जु राणालाई बिवाह गराईदिएपछि शेरबहादुर अमेरिकी जासुसको रूपमा परिणत भएका थिए भनिन्छ । त्यही हिसावले श्री ५ ज्ञानेन्द्रलाई विादमा उतार्न नेपाली कांग्रेस बहुमतमा हुँदा हुँदै सीआएको निर्देशनमा प्रतिनिधिसभा विगटन गरिएको थियो भनिन्छ । तर २०४७ सालको संविधानको ३५ (१) मा नेपालको कार्यकारिणी अधिकार श्री ५ र मंत्रिपरिषदमा विहीत रहने छ भनिएको र संविधानको धारा २७ मा संविधानको संरक्षण गर्ने अधिकार श्री ५ मा रहने छ भनिएकाले ले शेरबहादुरले संविधानको धारा १२७ प्रयोग गरेर राजालाई सत्ता बुझाएता पनि श्री ५ ज्ञानेन्द्रले संविधानको धारा ३५ र धारा २७ बमोजिम कार्यकारिणी अधिकार ग्रहण गरिएको थियो ।

श्री ५ ज्ञानेन्द्रबाट कार्यकारिणी अधिकार ग्रहण गरेपछि गिरिजा, माधव नेपालहरू राजाबाट प्रधानमंत्रीको लागि दौडधुप गरे, तर राजाबाट प्रधानमंत्री नपाउने भएपछि भारतीय जासुस ’रअ; ले माओवादीहरूलाई आफ्रनो भरिया बनाइसकेको थियो । त्यसपछि गिरिजा र माधव नेपालहरूजस्ता पदलोलुप्त धोकेवाज, राष्ट्रघातीहरू बुझेर ’रअ’ को भनाईमा लागेर माओवादीसँग मिल्ने  भएर भारतीय कांग्रेस (आई) र उसको ’रअ’ को रणनीतिको समर्थन गरेर दिल्लीमा गए । नेपाल कब्जा गर्न २०६२ साल मंसिरमा १२ बुँदे सहमति गराएर माओवादी, कांग्रेस, एमालेलाई प्रशस्त स्रोत जुटाएर जनआन्दोलन गरायो । त्यसपछि भारतकै आर्थिक सहयोगमा अर्बौ खर्चमा प्रायोजीत जनआन्दोलन भयो। आन्दोलनले उघ्र रूप लिन थालेपछि रक्तपातबाट देशलाई जोगाउन राजासँग सहमति भएर जनआनदोलन बिसर्जन भयो। पछि उनीहरूले राजालाई धोका दिए । कांग्रेस (आई) ।।।रअ’, नेपालस्थित भारतीय राजदूत र इयू र अमेरिकी गुप्तचरको दबाबमा, नेपालका माओवादी, एमालेका नेता र कांग्रेसका गिरिजाहरूलाई हात लिएर धर्मनिरपेक्ष, गणतन्त्र र संघीयता घोषित गराइयो। त्यसबेलादेखि झन्झन् देश नसम्हालिने अवस्थामा पुगेको छ । -जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here