काठमाडौं । कीर्तिपुर नगरपालिकाले ‘कीर्तिपुर नगर सांस्कृतिक संरक्षित क्षेत्र घोषणा’ गरेकाे अवसरमा छ वटा संगठनद्वारा शुभकामना व्यक्त गरेका छन् ।
आदिबासी नेवाः जागरण अभियानका कीर्तिपुर अध्यक्ष अर्जुन महर्जनले कीर्तिपुरबासीले कीर्तिपुर नगरकाे ऐतिहासिक कार्यलाइ सदा-सदा स्मरण गरिरहने जनाउँदै संस्कृति सम्पदा बचाउने कार्य प्रशंनीय कार्य भएकाले यसलाई अवसरका रूपमा लिई अघि बढि रहनु पर्ने धारणा राख्दै कार्यक्रममा सहभागीहरूलाई स्वागत मन्तव्य राखे ।
साे कार्यक्रमका सभाअध्यक्ष एवम् नेवार समुदायको राष्ट्रिय साझा संगठन नेवाः देय् दबूका कीर्तिपुर शाखाका अध्यक्ष रामभोला महर्जन, आदिबासी नेवाः जागरण अभियानका कीर्तिपुर अध्यक्ष अर्जुन महर्जन, हलिं नेवाः गुथि कीर्तिपुर शाखा सरल गोपाल महर्जन, हलिं नेवाः गुथि गः छेँ शाखाका अध्यक्ष बुद्धिलाल महर्जन, हलिं नेवाः गुथि अमल्सि शाखा दिलिप महर्जन अध्यक्ष तथा नेवाः विद्यार्थी युनियनका अध्यक्ष रीदेन महर्जनले संयुक्त आयोजना भएको कार्यक्रमका प्रमुख अतिथि कीर्तिपुर नगरपालिका प्रमुख रमेश महर्जन, उपप्रमुख सरस्वती महर्जनलाई नेवाः परम्परा अनुसार सम्मान गरिएका थियाे ।
कार्यक्रममा अतिथिका रूपमा पाल्नु भएका हलि नेवाः गुथि केन्द्रीय अध्यक्ष विभिन्न पक्षलाई समेटेर आन्दोलनका क्रममा धेरैको रगत बगेर प्राप्त उपलब्धी व्यवहारमा प्रयोग गर्न सकिन्छ भन्ने उदाहरण कीर्तिपुर नगर सांस्कृतिक संरक्षित क्षेत्र अभियान बनेकाे जनाए ।
कीर्तिपुर नगरपालिकाका उपमेयर सरस्वती खड्काले ‘नेपालको संविधान संसारकै उत्कृष्ट रहेको जनाउँदै काठमाडौं उपत्यका मात्र नभइ देशकै संस्कृति, सम्पदा जोगाउनका लागि नेवार समुदायको अतुलनीय योगदान रहेकाेले पूर्खाले सृर्जेका संस्कार, संस्कृतिलाइ संरक्षण, सम्बद्र्धन भावी सन्ततीतलाई हस्तातरण गर्नु सबैको दायित्व रहेको औल्याइन् ।
कीर्तिपुर नगर साॅस्कृतिक संरक्षित क्षेत्र घोषणा र ऐन पारित गर्न खेलेको महत्वपूर्ण भूमिकाको कदर स्वरूप साथै कार्यक्रममा ‘कीर्तिपुर नगर सांस्कृतिक संरक्षित क्षेत्र घोषणा’ अतुलनीय याेगदान दिएका उज्वल महर्जन, कानूनी पक्षको भूमिका निभाउनु भएका वकिल नरेश श्रेष्ठ, सुर्वण महर्जन, अर्जुन महर्जन लगायतका कार्यदललाई प्रशंसा पत्र प्रदान गरिएकाे थियाे ।
कीर्तिपुर नगरपालिकालाई सांस्कृतिक क्षेत्र घोषणा गराउनमा संयोजकको भूमिका निभाउनु भएका पत्रकार श्रीकृष्ण महर्जनले कीर्तिपुर नगरपालिकाका सांस्कृतिक संरक्षित क्षेत्रका सवालमा मात्रै नभई संस्कृतिप्रेमीहरु उत्साहित भएकाे जनाउदै संघीयतामा जाने समुदायगत आधार रहेको जनाउँदै अव कार्यान्वयनमा चरणमा पु¥याई नतिजा आउने तवरले जनप्रनिधिका कार्यकालमै उपलब्धीमूलक कार्य हुनेमा अाफू विश्वत रहेकाे जनाए ।





















