ईपीएलको चौथो संस्करण सुरु

91

काठमाडौं । आजदेखि एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण सुरु हुन लागेको छ।

आज दिउसो १२ः१५ बजे उद्घाटन खेलमा ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स ११ भिड्नेछन्। ललितपुर अघिल्लो संस्करणको विजेता हो।

ललितपुरको नेतृत्व कुशल भुर्तेलले र काठमाडौंको नेतृत्व सन्दीप लामिछानेले गर्नेछन्। आजबाट सुरु हुने प्रतियोगिता असोज २३ गतेसम्म चल्नेछ।

यो प्रतियोगितामा ६ फ्रेन्चाइज टोली रहेका छन्। राउन्ड रोविन लिगका आधारमा शीर्ष चार टोली क्वालिफायर चरणमा प्रवेश गर्नेछन्।

पहिलो र दोस्रो स्थानबीच हुने खेलको विजेता टोली फाइनलमा पुग्नेछ। त्यस्तै, पराजित भएको टोलीले तेस्रो र चौथोबीच हुने खेलको विजेतासँग भिड्नेछ। विजेता टोली फाइनलमा प्रवेश गर्नेछ।

ईपीएल विजेताले ५० लाख नगद पुरस्कार पाउनेछ। त्यस्तै, उपविजेताले १५ लाख पुरस्कार पाउनेछ।

प्रत्येक टोलीले चार जना विदेशी खेलाडी राख्न पाउने व्यवस्था गरिएको छ। जसअनुसार, २४ जना विदेशी खेलाडीले ईपीएल खेल्नेछन्। यसमा ११ देशका खेलाडी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here