काठमाडाैं । लुम्बिनी प्रदेश सभा बैठक फेरि सरेको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक असोज २० गते बस्ने गरी सरेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलले पार्टीको विधान महाधिवेशनमा सहभागी हुनुपर्ने कारण देखाएपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक सारेका हुन् ।
प्रदेश सभाको नवौं अधिवेशन शुरू भए यता कुनै पनि बैठक पूर्णरुपमा बस्न सकेका छैनन् । एमालेले सांसदद्वय अजय शाही र बिमला वलीलाई कारवाही गर्नुपर्ने माग राखी लगातार सदन अवरुद्ध गर्दै आएको छ। प्रदेश सभा बैठक अब असोज २० गते बुधवार दिउँसो १ बजे बस्ने छ।


















