दशैं लागेसँगै शक्तिपीठहरुमा दर्शनार्थीको घुँइचो बढ्याे

100
sflnsf dlGb/df eQmhgsf] eL8 an]jf, @! c;f]h M 36:yfkgfsf lbg laxLaf/ afun'ª sflnsf dlGb/df laxfg}b]lv k"hfcfhf ug{ cfPsf eQmhgsf] eL8 . t:jL/M tf/fgfy cfrfo{ ÷/f;;

काठमाडौं । दुर्गा पक्ष शुरु भएसँगै देशभरका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ।

गत वर्ष दुर्गा पक्षका बेला कोरोनाको जोखिम बढेकाले भक्तजनलाई दर्शन गर्न असहज थियो। यस वर्ष कोरोनाको जोखिम कम हुँदै गएकाले शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लागेको हो। काठमाडौं उपत्यकासहित देशका विभिन्न शक्तिपीठ र देवी मन्दिरहरुमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको हो।

नक्साल भगवती, कालिकास्थान, भद्रकाली, शोभाभगवती, बिजेश्वरी, रक्तकाली, श्वेतकाली, कङ्केश्वरी, इन्द्रायणी, चामुण्डादेवी, सुन्दरीमाई, बज्रयोगिनी, बज्रबाराही, गुह्येश्वरी मन्दिर सहित उपत्यका बाहिरको पाथीभरा, पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, इच्छाकामना देवी, मनकामना देवी, शैलेश्वरी, बागलुङ कालिकालगायत देवी मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ।

नवरात्रका अवसरमा शक्तिपीठमा पुगी पूजा आराधनासहित देवीको दर्शन गरेमा मनोकाङ्क्षा पूरा भई वर्षभरका लागि शक्ति प्राप्त हुने विश्वास गरिन्छ। विगत वर्षमा काटिएको घटस्थापनाको दिनको सार्वजनिक बिदा यस वर्ष सरकारले दिएको छ।

बिदा भएसँगै शक्तिपीठमा भक्तजनको भीड लागेको छ। नवरात्र नपरेका बेला देवी मन्दिरमा भक्तजनको भीड लाग्छ। शरद ऋतुमा पर्ने आश्विन शुक्ल पक्ष देवीको पूजा आराधनाका लागि उत्तम समय मानिन्छ। यो बेला वर्षा सकिएर वातावरण पनि रमाइलो र घमाइलो देखिन्छ। बडादशैंका रुपमा समेत मनाइने यो नेपालीको राष्ट्रिय चाड हो। बडादशैंको पहिलो दिनदेखि नै घरघरमा घटस्थापना गरी नवदुर्गाको विशेष पूजा आराधना गरिन्छ।

आज दिनभर चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापनाअघि शान्ति गर्नुपर्ने शास्त्रीय विधि रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए। चित्रा नक्षत्रको स्वामी त्वष्टाअर्थात् विश्वकर्मा र वैधृति योगका स्वामी अदितिको पूजा अराधना गरेर दोष मुक्तिका लागि शान्ति गर्नुपर्छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here