जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

53

अछाम । अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–१ मा आइतबार राती जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा से १ च १७६३ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा १४ जना घाइते भएका छन्।जीप सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार दुर्घटनामा परेर मृत्यु हुनेमा पञ्चदेवल विनायक नगरपालिका–३ का १८ वर्षीय जीवन जैसी, १८ वर्षकै सर्व बोहरा, २१ वर्षीय जीवन न्यौपाने र १७ वर्षीय हिमाल नेपाली रहेका छन्।

यस्तै, दुर्घटनामा घाइते भएका १४ जनालाई थप उपचारका लागि राति नै नेपालगञ्ज रेफर गरिएको छ। उनीहरु मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। कच्ची सडकखण्डमा जीप ब्याक गर्ने क्रममा अनियन्त्रित भएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here