सूचना नदिने पद्मकन्या क्याम्पसका प्रधानाध्यापक धनप्रसाद पण्डितलाई १५ हजार फैसला

99

काठमाडौं । राष्ट्रिय सूचना आयोगले सूचना नदिने पद्मकन्या क्याम्पस, बागबजारका प्रधानाध्यापक धनप्रसाद पण्डितलाई १५ हजार फैसला गरेको छ ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० घर भइ काठमाण्डौ कपन बस्ने आदित्य दाहालले गरेको पुनरावेदनमा सूचना आयोगले यस्तो फैसला गरेको हो । दाहालले पद्मकन्या क्याम्पससँग २०७३र७४ देखि २०७५र७६ सम्मको आन्तरिक र महालेखा लेखापरीक्षकको अन्तिम लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि माग गर्नुभएको थियो ।

साथै, दाहालले क्याम्पसमा सूचना अधिकारी तोकिएको छरछैन भने जानकारी माग्दै सूचना अधिकारी तोकिएको भए नियुक्ति गर्ने निर्णयका साथै नियुक्ति पत्रको प्रमाणित प्रतिलिपि समेत माग गर्नुभएको थियो। सूचनाको हकसम्बन्धी ऐन २०६४, अनुसार क्याम्पससँग माग गरेको सूचना नपाएपछि सूचना मागकर्ता दाहालले कानुनअनुसार राष्ट्रिय सूचना आयोगमा २०७७ पुस २३ गते सूचना नदिने प्रमुख र सूचना अधिकारीलाई विपक्षी बनाएर पुनरावेदन दर्ता गर्नु भएको हो ।

पुनरावेदन दर्तापछि सूचना उपलब्ध गराउनु भन्दै आयोगबाट पटक–पटक भएको आदेशको पालना नगरि सूचना उपलब्ध नगराएकाले संविधान प्रदत्त नागरिक अधिकार र कानुनले व्यवस्था गरेको सूचनाको हकको ठाडो उल्लङ्घन गरेको भन्दै आयोगले १५ हजार जरिबाना हुने ठहर गरेको हो ।

सूचना आयोगले कार्यालय प्रमुखलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा ९१० बमोजिम अक्षरेपी १५ हजार जरिबाना हुने र सूचना उपलब्ध गराउनुपर्ने फैसला गरेको आयोगका आयोगका सूचना अधिकारी विश्वबन्धु पोखरेलले बताउनुभयो ।

पुनरावेदकले मागेको सूचनासमेत उपलब्ध नगराएको, आयोगबाट भएका आदेश र पत्राचारको समेत पटक–पटक उल्लङ्घन गरेको साथै, गैरजिम्मेवार चरित्र प्रदर्शन गरेकाले संविधान प्रदत्त नागरिकको मौलिक हकको प्रचलनका लागि दण्डित गर्नुपर्ने देखिएको आयोगको निर्णयमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here