काठमााडौं । गोरखाको गोरखा दरबारबाट काठमाडौंका हनुमानढोकामा फूलपाती पठाइएको छ।
मंगलबार बिहान ८ बजेर २५ मिनेटको साइतमा निकालिएको फूलपाती सरकारी गाडीमा राखेर काठमाडौं पठाइएको हो। गोरखाबाट ल्याइएको फूलपाती आज अपराह्न साढे चार बजे बाजागाजासहित काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा भित्र्याउने कार्यक्रम छ।
नवपत्रिकामा अशोक, बेल, दारिम, सामा, धान, उखु, केरा, जयन्तीका, हलेदोलगायत राखिन्छ। पहिले धादिङको जीवनपुर, नुवाकोट हुँदै हिँडेर फूलपाती हनुमानढोका पुर्याउने प्रचलन थियो। २०६६ सालदेखि मोटरबाटोको प्रयोग गर्न थालिएको हो।
दशैंका लागि गृह जिल्ला जानेको सङ्ख्या बढ्दै गएको छ । घटस्थापनाको अघिल्लो दिनदेखि दशैँं मनाउन घर जाने क्रम चलिरहेको छ ।
गत २४ घण्टामा ८२ हजार बढीले काठमाडौँ उपत्यका छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गत २४ घण्टामा ८ हजार ५ सय ८४ गाडीमा ८२ हजार ६ सय ३८ जनाले काठमाडौं छाडेका छन् ।


















