हिरा-पन्नाबाट बनेको मुगलकालीन चस्मा ४२ करोडमा लिलामी हुँदै

110

काठमाडौं ।  दुर्लभ हिरा र पन्नाबाट बनेका दुई मुगलकालीन चस्मा लिलामी हुने भएको छ। यसै महिनाको २७ तारिखमा बेलायतमा उक्त चस्माको लिलामी हुने भएको हो।

तर अहिलेसम्म यो चस्मा कुन शासकको खजानमा फेला परेको भन्ने स्पष्ट हुन नसकेको जनाइएको छ।

लिलामी गर्ने सदबीज अक्सन हाउसका अनुसार हिरा र पन्नाबाट बनेको यो चस्मामा सन् १८९० को आसपास विशेष खालको फ्रेम लगाइएको थियो।

अक्सन हाउसका अनुसार दुई चस्मा लगभग २-३.४ मिलियन डलर (करिब २४-४२ करोड रुपैयाँ) मा लिलामी हुने छ। लिलामी अगाडि हङकङ र लण्डनमा यसको पहिलो पटक प्रदर्शनी गरिएको थियो।

यो चस्मा कसले बनाए भन्ने स्पष्ट नभएपनि यसको सम्बन्ध मुगल शासकसँग रहेको अनुमान गरिएको छ।

मुगल शासकले भारतीय उप महाद्वीपमा कयौं वर्षसम्म शासन गरेका थिए। मुगल काललाई उसको समृद्ध कलाकारीता र निर्माण शैलीका लागि चिनिने गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here