सुन तोलामा १०० दरले बढ्यो  

72

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार)को लागि छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १०० रुपैयाँले बढी हो।

यसअघि नेपाली बजारमा छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको छ।

यसअघि एक हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला एक हजार २३५ रुपैयाँ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here