अमेरिकाको एक सुलभ पसलमा गोली चल्दा नेपालीको मृत्यु

136

काठमाडाैं । अमेरिकाको मासाचुसेट्स राज्यको एक सुलभ पसलमा भएको गोलीकाण्डमा पसलका संचालकरमालिक नेपालीको मृत्यु भएको छ । साे घटनाको समाचार स्थानीय पत्रपत्रिकाको साथै नेपाली संघरसँस्था मधेसी एसोसिएसन अफ अमेरिकाले समेत समवेदना सार्वजनिक गरेका छन् ।

एनबिसी बोस्टन डटकमका अनुसार मासाचुसेट्सको फल रिभर भन्ने शहरमा गत सोमबार राती उक्त घटनामा गोली प्रहार हुँदा नेपाली मारिएका हुन् । पीडित ५४ बर्षित लाल किशोर महासेठ भएको पुष्टि भएको छ । उनी मासाचुसेट्स राज्यको फल रिभरमा परिवार साथ बसोबास गर्थे ।

जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार उनीलाई बिरामी बाहक सवारी साधनबाट चार्लटन मेमोरियल अस्पताल पुर्याईएको थियो । अस्पताल पुर्याएको राती ११ बजे पछि उनलाई मृत घोषित गरिएको थियो भनि जिल्ला सरकारी वकिलको कार्यालयले उल्लेख गरेको छ ।

फल रिभर प्रहरीलाई राती १०स्३० बजे उक्त पसलमा कसैलाई गोली हानीएको खबर गरिएको थियो । ब्रिस्टोल जिल्ला अधिवक्ताको कार्यालयका अनुसार २०१ रक मार्ग स्थित स्टप एण्ड सेभ नामक सुबिधा पसलमा पुरुषलाई गोली हानिएको जनाएका छन् ।

संदिग्ध व्यक्ति

प्रहरीका अनुसार जसले ९११ मा प्रहरीलाई खबर गरेका थिए उनका अनुसार जव उनि उक्त पसलमा केही खाने कुरा लिन त्यहाँ भित्र पुग्दा पैसा तिर्ने ठाउँ पछाडी छातीमा गोली लागि रगत भएको उनले देखेका थिए ।

प्रहरीले यो मामलाको लागि अनुसन्धान सुरु गरेको र स्थानीय जनताको सहयोगको अपेक्षा गरेका छन् । गोली हान्ने व्यक्ति २० देखि ३० बर्ष उमेरको र ५ फिट ७ इन्च देखि ५ फिट ९ इन्च अग्लो भएको प्रहरीले तस्बिर समेत सार्वजनिक गरेका छन् ।

उक्त संदिग्धले गाडा रंगको वस्त्र र खैरो पिठ्युमा भिर्ने झोला सहित खैरो नाइकी स्नीकर्स जुत्ता लगाएको पाइएको छ । साथै उन्क्त व्यक्तिको औंलाको नजिक उनको हातको दाहिने भित्री भाग मा एक ट्याटु ९कलान्यास० समेत भएको प्रहरीले जानकारी दिएका छन् ।

अनुसन्धान “अत्यन्तै सक्रिय” रहेको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ। स्व महासेठकी पत्नी ,दुई छोराहरु र छोरी समेत उक्त शहरमा बसोबास गर्छन भनि नाम समेत मधेसी एसोसिएसन अफ अमेरिकाले उल्लेख गरेको छ । साथै संस्थाले समवेदना प्रकट गरेको छ ।

उनि मा भन्ने संस्था ९मधेसी एसोसिएसन अफ अमेरिका०का संस्थापक सदस्य थिए भने न्यू इंग्ल्यान्ड शाखाका संस्थापक अध्यक्ष समेत रहेका थिए । हाल उनि केन्द्रिय सल्लाहकार समितिका सदस्य समेत रहेका थिए ।

तस्बिर कृतज्ञता : मधेसी एसोसिएसन अफ अमेरिका तथा एनबिसी बोस्टन डटकम

Convenience Store Owner Shot and Killed in Fall River

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here