प्रधानन्यायाधीश माथि चौतर्फी दबाब भइरहेकाले अदालतकाे सुरक्षा व्यवस्थामा कडाई

56

काठमाडौं । पत्रकारहरुलाई सर्वोच्च प्रशासनले सर्वोच्च अदालत प्रवेशमा अवरोध गरेको छ । समाचार संकलनमा जाने पत्रकारहरूलाई सर्वोच्च प्रवेशमा रोक लगाइएको  छ भने  यतिबेला प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि चौतर्फी दबाब भइरहेका सर्वोच्च अदालतमा सुरक्षा व्यवस्थामा कडाइ बनाइएकाे छ ।

एक स्रोतका अनुसार समाचार संकलन गर्न गएका पत्रकारहरुलाई बुधबार बसेको एक मात्र इजलासमा प्रवेश गर्न नदिएको जनाइएको छ ।  सुरक्षाकर्मीहरुले कागजपत्र पुगेन वा यो परिचयपत्रले हुँदैन भनेर सञ्चारकर्मीहरुलाई अवरोध गर्ने गरेका छन् ।

यसअघि पत्रकारहरू पास देखाएर नियमित समाचार संकलनमा गइरहेका थिए।  प्रधानन्यायाधीशको राजीनामा माग गर्ने न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका बेला जबराले आफ्नो एकल इजलासमा पाँच मुद्दामा सुनुवाइ गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here