इन्धनको भाउ बढ्यो

112

काठमाडाैं । नेपाल आयल निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ।

निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी सबै प्रकारका इन्धनमा मूल्य बढाएको हो। निगमका अनुसार अब काठमाडौं उपत्यकामा (निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरको क्षेत्रमा) पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३/३ रूपैयाँ बढेको छ।

योसँगै पेट्रोल अब १३३ रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११६ रूपैयाँ पुगेको छ।

त्यस्तै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर दस रूपैयाँ बढेर ९६ रूपैयाँ पुगेको छ। खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिण्डर ५० रूपैयाँ बढेको छ। अब ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार पाँच सय रूपैयाँ पर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here