ओस्करमा ओपेनहाइमरकाे वर्चश्व

32

काठमाडौं । यस वर्षको ओस्कार अवार्डमा कथानक चलचित्र ‘ओपेनहाइमर’ ले वर्चश्व कायम गरेको छ। अमेरिकाको लस एन्जलिसस्थित डल्बी थिएटरमा घोषणा गरिएको ९६औँ ओस्कार अवार्डमा ओपेनहाइमरले कुल सात विधामा अवार्ड जितेको छ।

किलियन मर्फी उत्कृष्ट अभिनेता चुनिए। रोबर्ट डाउनी जुनियरले यस फिल्मका लागि उत्कृष्ट सहायक अभिनेताको लागि ओस्कार प्राप्त गरे।

ओपेनहाइमरका लागि क्रिस्टोफर नोलनले उत्कृष्ट निर्देशकको अवार्ड पाए भने फिल्मले उत्कृष्ट चलचित्र सम्पादन, उत्कृष्ट मौलिक स्कोर र उत्कृष्ट छायांकन विधामा पनि अवार्ड जितेको छ।

चलचित्र ‘पुअर थिङ्स’ले चार विधामा ओस्कार जितेको छ। पुअर थिङ्सका लागि एम्मा स्टोन उत्कृष्ट अभिनेत्री बनिन्। बार्बीको गीत ‘व्हाट वाज आई मेड फर?’ का लागि बिली इलिस र फिनिस ओ’कोनेलले उत्कृष्ट मौलिक गीतको लागि ओस्कार पाएका छन्।

डा भिन जोय रानडोल्फले द होल्डोभर्सका लागि सर्वश्रेष्ठ सहअभिनेत्रीको अवार्ड जितिन्। ‘वार इज ओभर’ उत्कृष्ट एनिमेटेड सर्ट फिल्म बनेको छ। ‘अमेरिकन फिक्सन’ले बेस्ट एडाप्टेड स्क्रिनप्लेको लागि ओस्कार अवार्ड पाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here