नेप्से तिहार सकिएर सुरु भएको पहिलो कारोबार दिनमै घट्याे

182

काठमाडौं / दशैँपछि केही समय बढेको पुँजी बजार परिसूचक-नेप्से तिहार सकिएर सुरु भएको पहिलो कारोबार दिनमै घटेको छ। सोमबार नेप्से १९.२ अंकले घटेको छ। दिनको सुरुवातमा केही अंकले बढेको नेप्से त्यसपछि ओरालो लाग्न सुरु भएर २ हजार ८ सय २९ दशमलब ६४ विन्दुमा रोकिएको हो।

सोमबार ७२ लाख ७ हजार ३ सय ९६ सेयर कित्ता खरिद विक्री हुँदा चार अर्ब ४२ करोड ७ लाख १९ हजार एक सय ३ रुपैयाँको कारोबार भएको छ। साहस उर्जा र आईसिएफसी फाइनान्सको सेयर मुल्य १० प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। मानुषी लघुवित्त र तेह्रथुम पावरको सेयर मुल्य समान ९.९९ प्रतिशतले बढेको छ भने  महालक्ष्मी विकाश बैंकको पनि शेयर मूल्य ९.८४ प्रतिशतले बढेको छ।

सोमबार फाइनान्स, मुचुअल फन्ड र इन्भेस्टमेन्टबाहेक सबै उपसमूहको सूचक घटेको छ। बैंकिङ, विकाश बैंक र नन लाइफ इन्सुरेन्सको सूचक एक प्रतिशतभन्दा बढीले घटेको छ। महालक्ष्मी विकाश बैंक, नेसनल हाइड्रो पावर, युनाइटेड मोदी हाइड्रोपावरका सेयर कित्ता सबैभन्दा बढी संख्यामा कारोबार भएका छन्।  नेप्सेमा सोमबार भएका कारोबारको संख्या ४९ हजार ५ सय ३० रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here