पूर्वमन्त्री ढकालद्वारा विश्व चर्चित गुरु रवि शंकरसंग भेट

113

बैंगलौर ।  भारतको भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष एवम्  पूर्वमन्त्री एकनाथ ढकालले विश्व चर्चित गुरु रवि शंकर सँग भेट गर्नु भएको छ । बैंगलौर स्थित गुरु रवि शंकर को आर्ट अफ लिभिङ्ग आश्रममा भएको भेटमा ढकालले गुरु रवि शंकरले विश्वमा मध्यात्मीक जागरण, मानव कल्याण र शान्तिको लागि पुर्याउनु भएको अतुलनीय योगदानको प्रंशसा गरे । अध्यक्ष ढकालल गुरु रबि शंकरको शिक्षाले नेपालका पनि लाखौ नागरिक लाभान्वीत भएकोमा नेपाली जनताको तर्फबाट धन्यवाद ज्ञापन गरे । विश्व शिखर सम्मेलनको विशेष दुतसमेत रहेका ढकालले गुरु रवि शंकरलाई विश्व शान्ति सम्मेलनमा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्न आयोजकको तर्फ बाट आमन्त्रण पत्र हस्तान्तरण गर्नु गरे।
गुरु रवि शंकरले  नेपालका चचित युवा नेतालाई आफ्नो आश्रममा स्वागत गर्न पाउदा खुशी व्यक्त गर्दै सम्पूर्ण नेपाली हरुमा र विश्वशान्ती अभियानका सदस्यहरुमा सुख शान्ति र समृद्धि होस भनी कामना गरे । करीब ३० मिनेट  भएको भेटघाटमा नेपाल भारत बिचको पारस्परिक सम्बन्ध लाई थप सुदृढ  बनाउने विषय देखी दक्षिण एशिया र  सिङ्गो एशिया प्रशान्त क्षेत्रको शान्ति र स्थायित्वको बारेमा पनि छलफल भएको थियो ।
गुरु रवि शंकरले यूनिभर्सल पिस फेडरेशनका संस्थापक महामहिम  डा .सन म्योङ्ग मून  र श्रीमती डा. हाक जा हान मुनको विश्व शान्तिको  अथक प्रयासको उच्च प्रशंसा गर्दै मदर मूनको  सुस्वास्थ्य दिर्घायुको कामना गरे । गुरु रवि शंकरलाई भेट्न पूर्व मन्त्री ढकाल, परिवार दलका प्रवक्ता  संतोष कुमार पौडेल  र दक्षिण एसियाली मामीलाका संयोजक कृष्ण अधिकारी सहभागि थिए ।  विश्वका १५५ राष्ट्रमा करिब ३७ करोड भक्त भएका गुरु रबि शंकर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पनि अति निकट व्यक्तित्व हुन् ।
पूर्वमन्त्री ढकाल ले केहिदिन अघिमात्र बिहार स्थित नालन्दा विश्वविद्यालयमा आयोजित विशेष सभामा सम्बोधन गर्नुको साथै बिहारका मुख्य मन्त्री नितेश कुमार लगायतका नेताहरुसँग भलाकुसारी समेत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here