तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सतर्कता अपनाउन मौसम विभागकाे अनुरोध

56

काठमाडौं  । नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखा वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न  सतर्कता अपनाउन अनुरोध गरेको छ। हाल देशका पहाडी भू-भागहरुमा आंशिक  बदली  रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा  रहेको  छ।

महाशाखाले मंगलबार बिहान जारी गरेको बुलेटिनमा दिउँसो प्रदेश  १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने उल्लेख छ। राती देशको पहाडी भू-भागमा आंशिक बदली  रही  बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा  रहने छ।

बुधबार दिउँसो  प्रदेश  १, वागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली रही वाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने छ। राती प्रदेश  १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली  रही  बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

बिहिबार देशको पहाडी भू-भागहरुमा आंशिक  बदली  रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा  रहेको  छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here