पशुपति क्षेत्रका पर्यटकीय टिकट काउन्टर खुल्ला

119

काठमाडौं । कोरोना महामारीका कारण डेढवर्षदेखि बन्द रहेको पशुपति क्षेत्रका पर्यटकीय टिकट काउन्टर खुल्ला भएकाे छ । नेपालमा कोरोना महामारी सुरु भएपछि विसं २०७६ चैतदेखि बन्द रहेको काउन्टर तिहार अघिदेखि स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपति क्षेत्रमा प्रवेश गरी घुम्न चाहने भारत बाहेकका विदेशी पर्यटकका लागि तीन स्थानमा काउन्टरको व्यवस्था गरिएको छ । तिलगङ्गा, वत्सलेश्वरी र गु्ह्येश्वरीमा काउन्टर राखी विदेशी पर्यटकलाई टिकट काटेर प्रवेश गराइन्छ ।  पशुपति क्षेत्रमा हाल तीन वटै काउन्टरबाट गरी दैनिक १०० पर्यटक प्रवेश गर्ने गरेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए । कोरोना महामारी सुरु हुनुअघि दैनिक ३०० पर्यटक टिकट काटेर पशुपति क्षेत्र घुम्ने गरेका थिए । पशुपति क्षेत्र प्रवेश गर्दा भारत बाहेकका विदेशी नागरिकसँग रु एक हजार शुल्क लिइन्छ ।

कोरोनापछि पशुपतिनाथ मूलमन्दिर पुरानै स्वरुपमा खुला गरिसकिएको कोषले जनाएको छ । पशुपतिनाथ दर्शन एवं विशेष पूजा गर्न चाहने भक्तजनका लागि बिहानदेखि नै मन्दिर खुला गरिएको कार्यकारी निर्देशक खतिवडाले जनाए।  पशुपति क्षेत्रमा हुने गरेका सबै धार्मिक, सांस्कृतिक गतिविधि कोरोनाअघिकै स्वरुपमा भइरहेको उनले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here