शेयर बजार परिसूचक नेप्सेमा करेक्सन

37

काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा करेक्सन देखिएको छ । यो साता शुरुआतबाटै बढेको बजार कारोबार हुने अन्तिम दिन बिहीबार भने ३२.३९ अंकले घटेको छ

। परिसूचक २७६९.१३ विन्दुमा रोकियो । बिहीबार कारोबार रकम सवा ६ अर्ब पुगेको छ । घटेको बजारमा कारोबार समेत बुधबारको तुलनामा कम भएको छ ।  बिहीबार कुल २२४ वटा कम्पनीको ७० हजार ३७ वटा कारोबार भयो । यी कारोबारबाट ९८ लाख ६२ हजार ९ सय ४० कित्ता शेयर किनबेच भएको छ । बिहीबारको कारोबार रकम भने ६ अर्ब २७ करोड १८ लाख ६७ हजार २ सय ३० रहेको छ ।

बिहीबार नेप्सेका सबै उपसमूह राताम्य रहे । सबै भन्दा बढी गुमाउने उपसमूह जलविद्युत र व्यापार रह्यो ।  बिहीबार सबैभन्दा बढी कमाउने मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहे । यो कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लाग्यो । तेह्रथुम पावर कमपनीको कारोबार समेत सर्किट लेबलमा भयो । धेरै गुमाउने लगानीकर्ता भने मैलुङ खोला जलविद्युत कम्पनीका रह्यो ।  बिहीबार नेपाल टेलिकमको सबैभन्दा बढी ६० करोड रुपैयाँ बराबरको कारोबार भयो । महालक्ष्मी विकास बैंक र माथिल्लो तामाकोशी समेत बढी कारोबार हुने कम्पनीको सूचीमा शीर्ष स्थानमा रहे ।  साताभर निरन्तर बढेको बजारमा लगानीकर्ताले नाफा बुक गर्न खोज्दा बिहीबार बजारमा करेक्सन आएको देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here