बंगलादेशमा साफ यू-१९ महिला च्याम्पियनसिप फुटबल सुरु

155

काठमाडौं ।  साफ यू-१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता शनिबारदेखि बंगलादेशमा सुरु हुँदैछ।

शनिबार हुने पहिलो खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ।खेल, ढाकास्थित विरश्रेष्ठ शाहिद सिफाली मुस्तफा कमल स्टेडियममा साँझ ७ बजे सुरु हुनेछ।

नेपाल बंगलादेशलाई घरेलु मैदानमा स्तब्ध पार्दै सुखद सुरुवात गर्ने योजनामा छ। बंगलादेशसँगको खेल अघि नेपाली टोलीका प्रशिक्षक हरिओम श्रेष्ठले छोटो तयारीका बाबजुद पनि आफूहरुले घरेलु टोलीलाई चुनौती दिने बताए। बंगलादेशलाई घरेलु मैदानको फाइदा छ। यद्यपि हामी पनि राम्रो खेल खेल्नेछौँ।

बंगलादेशका प्रशिक्षक गोलाम रोब्बानी छोटोनले नेपालविरुद्ध राम्रो खेल्ने बताए। उनले भने, ‘हामी लामो समयपछि खेल्दैछौँ, हामीसँग राष्टिय टोलीबाट खेलेका १५ जना खेलाडी छन्। त्यसैले राम्रो खेल्नेछौँ। घरेलु मैदानको फाइदा पनि हामीलाई छ।’

आजै हुने पहिलो खेलमा भुटान र श्रीलंका खेल्दैछन्। खेल सोही रंगशालामा दिउँसो ३ बजे हुनेछ।

नेपालले दोस्रो खेलमा १५ डिसेम्बरमा श्रीलंका, १७ मा दोस्रो खेलमा भुटान र तेस्रो खेलमा १९ डिसेम्बरमा भारतसँग खेल्ने तालिका छ।

समूहका शीर्ष दुई टोलीले उपाधिका Hiलागि २२ डिसेम्बरमा खेल्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here