काँग्रेसका केन्द्रीय सदस्य उम्मेदवार मान बहादुर नेपालीले अष्ट्रेलिया र अमेरिका पठाउने नाममा लाखौं ठगेको आरोप

75

माओवादीहरुको आधार इलाका मानिएको रुकुमबाट सुरु गरिएको सशस्त्र द्धन्दको सबै भन्दा बढि निसानामा परेका थिए रुकुम जिल्लाका नेपाली काँग्रेसका गाँउ स्तरका नेता तथा कार्यकर्ताहरु । तिनै काँग्रेस कार्यकर्ताहरु मध्ये एक सय भन्दा बढि रुकुमेलीहरुले काँग्रेस प्रति आस्था राखेकै कारण अनाहकमा ज्यान गुमाउनु परेको थियो । सशस्त्र द्धन्दका कयौं  प्रभावहरु अहिले पनि जिल्लामा  जिवितै छन । काँग्रेसमा आस्था राखेकै कारण ज्यान गुमाउनु परेपछि विछिप्त बनेका कयौ मानिहरु आस्था र विचारको राजनीति गर्न वर्षोँ सम्म पनि सहजता महसुस गर्न पाएका छैनन् ।

अहिले पनि रुकुम जिल्लामा माओवादी बाहेकले राजनितिक गतिविधिहरु खुल्ला रुपमा संचालन गर्न त्यति सहज छैन । अनेकौ पिडा र ब्यथा व्यहोर्दै आएका काँग्रेस कार्यकताहरुका लागि यस पटकको जिल्ला अधिवेशन एउटा उत्साह उमंग र उर्जाको नयाँ संचार हुने विश्वासमा थिए । तर विश्वास गरिए जस्तो काँग्रेसको जिल्ला अधिवेशन हुन सकेन । जिल्ला अधिवेशनमा गरिएका  अनेकौं  गैरकानुनी प्रकृया र आर्थिक चलखेलका खवरहरु पछिल्लो समय सार्वजनिक भएसंगै यस्तो कार्य गर्ने मुख्य पात्रको खोजि रुकुम जिल्लाका आम काँग्रेस कार्यकर्ताहरुले गरिरहेका छन ।

माओवादी युद्ध पछिका कयौं  वर्ष पछि मात्र बिस्तारै लयमा फर्किन लागेको नेपाली काँग्रेस रुकुमको राजनितिक हैसियतलाई थप सुदृष्ट बनाउन स्थानीयतह देखि सक्रियताका साथ लागिरहेका काँग्रेस कार्यताहरुका लागि केहि नेताहरुको गलत प्रबृतिले फेरि पनि कुठाराघात गरेको छ । यस्तै कुठाराघात गर्ने  मुख्य कमाण्डरहरु  मध्येका एक हुन काँग्रेस रुकुमका पूर्व जिल्ला सभापति मान बहादुर नेपाली ।

यस अघि सहमतिबाट नेपाली काँग्रेसको जिल्ला सभापति भएका मान बहादुर नेपाली अवसरवादी नेताका रुपमा परिचित छन । आफ्नो स्वार्थका लागि समय-समयमा पाटीमा गुट परिर्वतन गर्न माहिर उनी सुशील  कोइराला प्रधानमन्त्री हुँदा कोइराला गुटमा लागेका कारण राष्ट्रिय दलित आयोगको अध्यक्ष हुने अवसर पाए । आयोगको अध्यक्ष हुँदा शक्तिको चरम दुरुपयोग गरि आफ्ना आसेपासेलाई विभिन्न निकायहरुमा जागिर खुवाएको, लक्षित वर्गको लागि विनियोजित रकमको दुरुपयोग गरि लाभ लिएको आदि आरोपहरु छन ।

काँग्रेसको तत्कालिन जिल्ला सभापति हुदाँ विभिन्न ठेकेदार कम्पनीहरुवाट पैसा असुलेर घर बनाएको समेत आरोप लागेका नेपालीले पोखराका निर्माण व्यवसायि हरि पन्तको एचए कन्टक्सन निर्माण कम्पनीलाई तत्कालिन जिल्ला विकास समितिको सर्वदलिय बैठकवाट दिएको रुकुम  झुलनेटा- सल्ले सडक खण्डको मोटरवाटो मर्मतका  लागि उक्त कम्पनिलाई ठेक्का पारिदिन पहल गरे बापत त्यहि निर्माण कम्पनीले मुसिकोट न.पा १ मा सल्लेमा घर निर्माण गरिदिएको चर्चा समेत हुने गर्छ । साथै तत्कालिन समयमा रुकुम जिल्लामा संचालित जर्मन प्राविधिक सहयोग परियोजना (जिटिजेट) बाट जस्ता पाता लिएर घरमा प्रयोग गरेको चर्चा अहिले सम्म सेलाएको छैन । उसो त मान बहादुरले  जिल्लाका विभिन्न ब्यक्ति र कार्यकर्ताहरुलाई मन्त्रीको पिए,मन्त्रीको सहयोगी बनाएर अष्ट्रेलिया र अमेरिका  पठाउछु भन्दै दुई दर्जन बढि युवाहरुवाट प्रतिव्यक्ति १६ लाखका दरले रकम असुलेको आरोप छ ।  जिल्लाका नेताका रुपमा चिनिएका र सम्भावना भएका आफ्ना नेताले कसरी विश्वास घात गर्लान भनेर कयौ कार्यकर्ताले अष्ट्रेलिया र अमेरिका जाने भनेर दिएको   करोड रकम ठगि गरेको आराेप छ ।

कसैलाई पनि अष्ट्रेलिया र अमेरिका  नपठाएका मान बहादुरले हाल आधाको मात्रै रकम फिर्ता गरेका छन् भने धेरैलाई अलपत्र पारेका छन् । आरजु देउवा सँग सल्लाह गरेर मन्त्रीकाे सहयोगी ,पिए बनाएर अमेरिका र अष्ट्रेलिया लिने भन्दै उनलेे पैसा असुलेका थिए । केहीलाई दाङ,पुर्वी रुकुम आदी ठाँउको घडेरी दिएर हिसाब सामसुम पारेका नेपालीले अझै दर्जन बढिलाई हिसाब मिलाउन बाँकी रहेको समाचार स्रोत बताउछ । मान बहादुरले पैसा खाइदिएको भन्दै दर्जनौ पीडित सदरमुकाम खलंगामा रहेको काँग्रेको पाटी कार्यालयमा लाइन लाग्ने गर्छन ।

सधैजसो गाँउमा बस्ने उनि पछिल्ला केही वर्ष देखि  गाउँ जान छाडेका छन । जिल्लामा हुने काँग्रेसका कार्यक्रमहरुमा विरलै मात्र सहभागि हुने उनी काँग्रेसको महत्वपूर्ण र आर्थिक कारोवार हुने जिल्ला सदरमुखकाम मुसिकोटमा केन्द्रित कार्यक्रमहरुमा मात्र जाने गरेका छन । आर्थिक अपचलनको आरोप लागेका मानवहादुर नेपाली यस पटकको अधिबेशनमा समेत कयौं  कार्यकर्ताले फसेको पैसा मागेका थिए । केही कार्यकर्ताले पैसा फिर्ता गर भन्दै जिल्ला अधिवेशनको समयमा सदरमुकाम मुसिकोटको होटल एसियनमा नारावाजी गदै घेराबन्दी पारेका थिए । उनी घेरावन्दी परेपछि प्रहरीको सहायतामा त्यहाँ बाट उद्वार गरिएको थियोे । पैसा माग्दा उल्टो थर्काउछ ,यस्तो मान्छे त काँग्रेसको केन्द्रीय सदस्य उठ्ने रे ? एक पीडितले टेलिफोनमा दुख पोखे । त्यसले हामीलाई यति दुख दिएको छ ,त्यसलाई पाप लागोस उनले भने । सधैजसो चर्चा र विवादमा आइरहने मानवहादुर यस पटक भने खुलेआम आर्थिक चलखेलमा लागेपछि उनका कयौँ  विवादस्पक कार्यहरु सतहमा आएका छन । विगतमा उनले गरेका कयौ विवादास्पक काम आफ्नो स्वार्थका लागि भएपनि यस पटकको उनको गतिविधिले अनेकौ दुःख र पिडाहरु व्यहोरेका  काँग्रेस  कार्यकर्ताहरुको लागि थप आघात मात्र वनाएन, काँग्रेस धञ कार्यकर्ता भएर यस्ता मान्छेलाई नेता मान्नुपर्ने भन्दै लज्जित बनाएर घर फकाएको काँग्रेस कार्यकर्ताको गुनासो छ । जिल्लातहका शिर्ष नेताहरुको आर्थिक चलखेत अनि आफु र आफ्ना परिवारका सदस्यहरुको ब्यबस्थापन गर्ने स्वार्थका कारण धेरै कार्यकताको मन चिडिएको छ ।उत्साहका साथ जिल्ला अधिबेशनमा सहभागिहरुको मनमा थप पिडा समेत थपिदिएको  छ । केहि नेताहरुका आफ्न्तलाई व्यवस्थापन गरि  आफ्ना लागि लाखौको आर्थिक अपचलन गर्न मानवहादुर नेपाली नै सक्रिय भएको टेलिफोन अडियो समेत सार्वजनिक भएको छ ।

यस अधि पौडेल समुहमा सक्रिय भएका मानवहादुर नेपाली दलित कोटावाट केन्द्रिय सदस्य हुने भएपछि देउवा समुहमा समाहित भए । उनी आफु मात्र समाहित भएनन यस अघि पौडेल समुहका नेताका रुपमा रहेका पाटी सभापति प्रेम प्रकाश ओली,सिता ओली, लगायतका नेताहरुलाई समेत देउवा समुहमा समाहित गरे । उनले जिल्लामा पौडेल समुहलाई सुन्य वनाउने उनको सपना भने अधुरै रह्यो । काग्रेसको जिल्ला अधिबेशन हुँदा जिल्लाका सबै नेताहरु देउवा समुहमा समाहित भएर पौडेल समुह शुन्य भएको घोषणा गरिए पनि प्रदेश अधिबेशन हुदाँ जिल्लाको सहमति भत्कीएको थियो । करिब १२ जना महाधिवेशन प्रतिनिधिहरु पौडेल समुहमै रहेको बताइएको छ । मानबहादुरले महाधिबेशनमा पौडेल पक्षलाई सहयोग गर्न सक्ने भन्दै पूर्व राज्य मन्त्री मिठु मल्ल, पुराना काँग्रेस नेता विरवहादुर ओली लगायतका नेताहरुलाई महाधिबेशन प्रतिनिधी बनाएन  बाट रोके भने उनी निकट नेता कार्यकर्ताहरुलाई कुनै जिम्मेवारी समेत दिन मानेन्न । गत स्थानीयतहको निर्वाचनमा त्रिबेणी गाउँपालीकामा गा.पा.प्रमुखमा काँग्रेसबाट उम्मेदवार भएका देव बहादुर ओलीले पैसा लगानी गरेरै महाधिबेशन प्रतिनिधी हुन चाहेका थिए । उनले दिएको ३ लाखको चेक नसटेछि मान बहादुरले उनको सट्टामा काठमाडौ पुगेर  टिकाराम खनाल सँग पैसाको बार्गेनिङ गरि निर्वाचन अधिकृतलाई समेत आर्थिक लाभमा पारेर केन्द्रमा महाधिवेशन प्रतिनिधिको नाम चढाउन लगाए । उक्त कुरा सार्वजनिक भएको अडियोमा समेत पुष्टि भएको छ ।

केन्द्रिय सदस्यको उम्मेदवार बन्न धेरै रकम आवश्यक पर्ने भन्दै उनै मानवहादुरले जिल्लाका विभिन्न ब्यक्तिहरु बाट पैसा समेत मागेका छन । राजनितिक कार्यका लागि स्वस्र्फुत सहयोग लिनु लाई सामान्य मानिएपनि काँग्रेसको अधिवेशनमा पदिय भागवन्डामा मोलमोलाई हुनु दुखद भएको आम रुकुमका काँग्रेसीहरुको वुझाई रहेको अर्को पीडित पक्ष बताउछ  । माओवादी र अरु दल बाट पीडा र दुःख व्यहोरेका आम रुकुममेलीहरुका लागि आफ्नै पाटीका नेताहरु बाट पाएको पिडाले थप मर्माहत बनाएको भन्दै सामाजिक सञ्जालमा मान बहादुर लगाएत रुकुम काँग्रेस नेतृत्वको कडा बिरोध भइरहेको छ ।
काँग्रेसको जिल्ला अधिबेशन सम्पन्न गर्ने जिम्मेवारी पाएका मुख्य निर्वाचन अधिकृत मुक्ति प्रसाद आचार्यलाई नै आर्थिक प्रभावमा परेर गैरकानुनी कार्य गरेका थिए । उनले टेलिफोन मार्फत गुनासो गरेको अडियो सार्वजनिक भएको छ । जिल्ला अधिवेशनमा अधिवेशनका कुनै मापदण्ड परिपालना नगरिएको र आर्थिक चलखेलका आधारमा पदिय भागवन्डा गरिएको आरोप शिर्ष नेताहरुमा लागिरहे पनि हाल सम्म उक्त आरोपको कुनै प्रतिवाद समेत गरेका छैन । निर्वाचन अधिकृत मुक्ति आर्चायले खुलेमा पैसाको बार्गेनिङ गरेको टेलिफोन अडियो सार्वजनिक भए संगै उनीहरुको कुकर्म सतहमा आएको छ । त्यो अडियोलाई आधार मान्ने हो भने उनै निर्वाचन अधिकृत मुक्ति प्रसाद समेत मानवहादुर नेपाली प्रति सन्तुष्ट देखिएका छैनन । उक्त टेलिफोन अडियोमा सहमति अनुसार मानवहादुरले निर्वाचन अधिकृतलाई पैसा नदिएको गुनासो गरिएको छ भने सबै गैरकानुनी कार्य गर्ने मानवहादुर नै भएको अधिकृत आचार्यले टेलिफोन अडियोमा आरोप लगाएका छन ।
निष्टाको राजनिति गरिरहेका रुकुममेली काँग्रेसजनका लागि यस पटकको अधिवेशन अभिसाप मात्र बनेन माओवादिले उहिले विद्रोहि हुदाँ र अहिले सत्तामा हुदाँ गरिरहेको ज्याजतिको बिरुद्धमा शसक्त नेतृत्व छनोट हुनुपर्ने आशा र अपेक्षा गरिरहेका कार्यकर्तालाई होइन माओवादीको राजनितिलाई बलियो बनाएको छ ।

शिर्ष नेताका लागि कयौ विकल्प होलान तर दुरदराजमा बस्ने काँग्रेसका लागी माओवादीले दिने कयँौ पिडाहरु सहन एक दिन पनि वर्षो जस्तो लाग्छ । आम कार्यकर्ताको भवना नवुझ्ने मानवहादुर जस्ता अवसरवादि नेता हुदाँ सम्म रुकुमेलीहरुले राहतको महसुर पाउने छैनन ,काठमाडौँ पुगेका एक रुकुमका युवा नेताले भने ।  समग्र जिल्लाको राजनितिलाई मुट्ठीमा राख्न खोज्ने र आफु र आफना वरिपरीकाहरुको मात्र लाभ खोज्दा जिल्लाको काँग्रेस राजनिति थप संकटमा परेको छ । आफ्नो जिल्लाका नेता कार्यकर्ताहरुको मनोभावना नवुझ्ने तिनै मानबहादुर नेपाली अहिले केन्द्रिय सदस्यका उम्मेदवार भएका छन । एउटा सामान्य कार्यकर्ताको जस्तो निष्ठामा बस्न नसक्ने मानवहादुर जस्ता नेता केन्द्रिय सदस्य भए उनले आगामी दिनमा निर्वाह गर्ने भुमिका के होला ? उनी सर्बशक्तिमान त होलान तर आम काँग्रेसीहरुको हालत के होला ? नाम उल्लेख नगर्ने सर्तमा एक नेताले प्रश्न गरे मानवहादुर केन्द्रिय सदस्यको उम्मेदवार हुनु अघि रुकुमका कार्यकर्ताको मनोभावना बुझेर आउन र त्यपछि मात्र केन्द्रिय नेता वन्न सुझाएका छन ?

महाधिबेशन प्रतिनिधि फेरबदल सम्बन्धमा मान बहादुर नेपालीको सेटिङमा निर्वाचन अधिकृत मुक्ति प्रसाद आर्चायले गरेको टेलिफोन अडियो पनि साथमा छ  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here