सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगको नवौं चरणको खेल तालिका सार्वजनिक

247

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगको नवौं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको छ।

चौथो चरणको खेल चलिरहँदा सोमबार एन्फाले पाँचदेखि नवौं चरणसम्मको तालिका सार्वजनिक गरेको हो।  तालिका अनुसार पाँचौं चरणका खेलहरु पुस २ देखि ५ गतेसम्म हुनेछ। यता, छैटौं चरणका खेलहरु पुस ९ देखि १२ गतेसम्म चल्नेछ।   सातौं चरणका खेलहरु पुस १६ देखि १९ गतेसम्म  हुनेछ भने आठौं चरणका खेलहरु पुस २३ देखि २६ गतेसम्म हुने एन्फाले जनाएको छ।  नवौं चरणका खेलहरु पुस ३० देखि माघ ३ गतेसम्म हुनेछ।

मनाङ मर्स्याङदी क्लबले पाँचौं, साताैं र आठौं चरणका खेलहरु पोखरा रंगशालामा खेल्नेछ। मनाङले पाँचौं चरणमा नेपाल पुलिस क्लबसँग पुस ३ गते, ब्रिगेड ब्वाइज क्लबविरुद्ध पुस १७ र च्यासलविरुद्ध पुस २४ मा खेल्नेछ।  अन्य सबै खेलहरु दशरथ रंगशालामा हुने छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here